एमाले नहुँदा तुलसीपुर ३ का यी ५ गाउँमा भएन बिकास, बनेनन् पुल र बाटाघाटा,उर्लने भेलसहितको खोलो तर्न बाध्य स्तानिय|

रमा बुढा मगर को कलम बाट आँखौ देखी अवश्था -====

तुलसीपुर २१ कार्तिक २०७९,, ठुलासम्मा र बिसमुरे तुलसीपुर बजार देखी त्यती टाढाको बस्ती भने हैन तर हाल सम्म का सरकारको नजर भन्दा धेरै टाढाको बस्ती बन्न पुगेको चैं पक्कै हो| यस क्षेत्रमा बिसमुरे,कात्तिके, तल्लो बिसमुरे, ठुलासम्मा र तल्लो ठुलासम्मा गरी ५ वटा स साना गाउँ बस्ती हरु छन् जहाँ ७१ घरधुरी वासिन्दा बसोबास गर्दै आइ रहेका छन्|तुलासिपुरको समथर कर्णालीको उप नाम ले समेत चिनिने उक्त क्षेत्रमा जुन कुनै सरकार आए पनी बिकास भने आउँन सकेन| प्रजातन्त्र आइ

सके पछीको २०४७ साल देखी २०७९ साल सम्म ७९ वर्षीय जीव बहादुर के सी ले यो भन्दा पहिला २०४८-२०५६-२०६४- २०७०-२०७४ सालमा संघीय मंत्री चुन्न आफुले रुचाएका बिभिन्न दलका उमेदवार हरुलाई भोट हालेका हुन् भने ४ वटा स्थानीय चुनावमा समेत भोट हाली सकेका छन्| जीव बहादुर के सी ले भोट हालेका मान्छे मंत्री र सांसद बनी सकेका छन् तर यो क्षेत्रका वासिन्दा हरुले आफ्ना बालबालिका हरुलाई स्कुल पठाउदा र आफु तुलसीपुर बजार आउदा तर्नु पर्ने गहतेखोला को सिर बिसमुरे खोलामा पक्की पुल त् परै जाओस खोलो तर्न झुलुंगो समेत बन्न सकेन|

हरेक वर्षा याममा यसरी नै खोलो तराएर बालबालिका लाइ स्कुल पठाउनु पर्छ| गएको साउन महिनामा आफ्ना बालबालिका हरुलाई स्कुल पठाउन खोला तार्दै स्थानीय गुन्ज बहादुर के सी र राप्ति पहिचान डटकम का प्रकाशक तथा कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगर र साथमा अरु स्थानीय| फोटो अर्जुण बुढा मगर

यो चुनाव लगाएर मैले १० पटक भोट हाल्ने भएको छु तर भोट हालेका जतीले नजिते पनी जितेकाले यो ठाउको जनताको पिर मर्का बुझ्न समेत आएनन जीव बहादुर के सी ले भारी स्वरमा भने| गहतेखोलाको सिर बिसमुरे खोला पारी रहेका यी ५ गाउँमा बसोबास गर्ने वासिन्दा हरुलाइ प्रत्यक वर्षा याममा उर्लेर आउने यो खोला ज्यान जोखिममा हालेर भए पनी तर्नै वाध्यताले कहिल्यै छाडेन बिसमुरे निवासी बालकृष्ण खरेल ले राप्ती पहिचान संग भने|

आफ्ना अभिभावक सहारामा वर्षौं देखी यसरी खोलो तर्दै आएका छन् त्यस क्षेत्रका स्कुले बालबालिका |

स्थानीय सरकारको रुपमा राजकाज गर्ने सत्ता स्थानीय सरकारका लागी नेकपा एमाले ले ४ पटक २०४९-२०५४-२०७४ र २०७९ सालमा यो वडा बाट चुनाव जितेको छ भने २०४९ सालमा नेपाली कांग्रेस समेत वडा सरकारको भूमिकामा रही सकेको छ तर कसैले पनी यता फर्केर हेरेनन खरेल बताउछन|२०४९ सालमा नेपाली कांग्रेस का बागी उमेदवार चन्द्रकान्त खरेल प्रजातन्त्र पछीको पहिलो वडा अध्यक्ष बनेका थिए भने २०५४ सालमा नेकपा एमालेका लिलाधर खरेल २०७४ सालमा बिर बहादुर बि क

विजय र २०७९ सालमा पनी पुन; बिर बहादुर बि क ले वडा अध्यक्षमा चुनाव जिते तर यी ५ गाउँ का दुख पीडाले अझै जित्न सकेको छैन भने त्यस क्षेत्रका जनता र स्कुले बालबालिका हरुले प्रत्येक वर्षा याममा गहते खोलाको सिर बिसमुरे खोला,कात्तिके खोला,बाइसचिरे खोला, ठुलासम्मा खोला र काफ्लेगैरा खोला गरी ५ वटा खोला तराएर मात्रै आफ्ना बालबालिका लाइ स्कुल पठाउन वाध्य छन्| त्यस क्षेत्रमा बस्ने वासिन्दाका लागी खोला मात्रै समस्या नभइ प्रत्येक वर्षा याममा हिलाम्मे बाटोको समस्या समेत झेली रहेका छन्|

चप्पल झोलामा र पाइन्ट छराएर काँधमा राखेर हिलाम्मे बाटो छिचुल्दै तुलसीपुर स्थित राप्ति पहिचान डटकम को अफिस आउदै गरेका एग्गे बहादुर बुढा मगर| फोटो; अर्जुन बुढा मगर |

यता त् केही बिकास भएकै छैन बिजय ले आफ्नै दमारगाउमा मात्रै सिंगार पटार गरे हाम्रो कुरो कसैले सुनेनन स्थानीय पुर्णिमा खरेल ले हामी संग बताइन| मैले नेपाली कांग्रेस का स्थानीय नेता मोहन गुरुङ लाइ भनेर केही ह्युमपाइप ल्याएर हिलाम्मे अपठेरा ठाउँमा राख्न लगाएकी छु खरेल अगाडी भनिन| डाँडाखुटी देखी झन्डै ४ किलोमिटर बाटो प्रत्येक वर्षा मा हिलाम्मे हुने गर्दछ वडा अध्यक्ष ले एक ट्रीप बालुवा समेत बिच्छाएका छैनन् बिच्छाएका भए भनुन कहाँ बिच्छाए?हामले त् देखेका छैनौ उनले

अगाडी भनिन| खोला तर्न पुल र बाटोमा ग्राबेल बिच्छाई दिए हुन्थ्यो अचम्म दुख्ख पाइयो स्थानीय चित्रा खरेल बताउछिन| एक किलो नुन समेत थाप्लोमा बोकेर घर सम्म ल्याउनु पर्छ बाटो राम्रो भइदीए गाडीमा राखेर ल्याउने थियौं उनले अगाडी भनिन| अब हुन्न वडा कार्यालय र नगरपालिका घेर्न जानु पर्छ त्तयो बिजय ले हामीलाई टेरेन तल्लो ठुलासम्मा का दुर्गे बुढाले आक्रोशित हुँदै भने| मान्छे बिरामी भएर मर्ने लाग्दा एम्बुलेन्स समेत हाम्रो गाउँमा आउन सक्दैन यसरी कसरी हुन्छ उनले अगाडी थपे|

हातमा कापी कलम र चप्पल समातेर खोलो तर्दै गरेकी एक बालिका बिमला बुढा मगर |

यता यही बिषयमा खासमा के भएको हो? बिसमुरे ठुलासम्मा तल्लो ठुला सम्मा कात्तिके क्षेत्रमा आवश्यक बिकास किन गर्नु भएन भनी सोधनी गर्न वडा अध्यक्ष बिर बहादुर बि क लाइ बारम्बार फोन गर्दा समेत उनको फोन उठेन| नेकपा एमाले बाट वडा अध्यक्षको चुनाव जितेका बिर बहादुर बि क ले पार्टी फरक भएकाले हाम्रो ठाउँमा बिकास नदिएका हुन् नाम नबताउने शर्तमा एक स्थानीय बताउछन| अब,, हामी कांग्रेस भयौ हवाँ हरु माओवादी हुनुहुन्छ अनी हवाँ हरु बिपलव पार्टीको हुनुहुन्छ एमाले त् ह्याँ कोइ पनी छैन त्यसैले बिकास पनी हुदैन र भएन उनले अगाडी भने|

प्रतिक्रिया