
रमा बुढा मगर—====
तुलसिपुर कार्तिक १५ / २०७९ , तुलसिपुरको कर्णाली भनेर चिनिने तुलसिपुर उपमहानगरपालिका वडा नं ३ को साविक ७ नं का जनताले २०७९ मंसिरमा हुने चुनावमा घनश्याम पाण्डे लाई आफ्नो अमुल्य भोट दिने बताएका छन।तुलसिपुर कै अति विकट ठाउँ बल्ले,टुनापानी,दाङ्गपानी,थापापानी,सिद्दधारा,नाउला प्रतापकोट,बोहरागाउँ र आम्बासका जनताले यस्तो बताएका हुन।२०६४ सालमा हाम्रो ठाँउमा मोटर बाटो त आयो तर ४ मिटर चौडाइ भएको अत्यन्त साँघुरो थियो जसका कारण हामी हरु अत्यन्त जोखिम पुर्ण यात्रा गर्न बाध्य थियौं तर तत्कालिन मेयर घनश्याम पाण्डेले उनको कार्यकालमा डाँडाखुटी देखी बल्ले सम्म ९ मिटर चौडाइ भएको १० किलोमिटर मोटर बाटो निर्माण गर्दिनु भएको छ बल्लेका धनबिर पुनले राप्ती पहिचान सङ्ग भने।

बल्ले देखी मख्खनटाकुरी सडक खन्ड।
कति ठाउँ मा त सिङ्गल जिप मात्र अटाउने बाटो थियो, भिर र छाँङ्गा रहेको ठाँउमा गाडी पुग्दा जिउ सिरिङ्ग हुने गर्थ्यो अहिले ढुक्क सङ्ग यात्रा गरी रहेका छौं स्थानिय भुमा डाँगी बताउछिन। म माओवादी कार्यकर्ता हुँ २०७४ सालको स्थानिय निर्वाचानमा हाम्रो पार्टी ले चुनाव हारे पछी अब यो ठाँउमा बिकास निर्माण हुदैन कि जस्तो लागेको थियो तर एमाले बाट बिजयी भएका तत्वकालिन मेयर घनश्डायाम पाण्डे र वडा अध्यक्ष बिजय बिकको पहलमा यति ठूलो निर्माण कार्य गरेर हामी साविक ७ नं वडावासी लाई सहयोग पुर्याएका छन् अर्का स्थानिय सुरेन्द्र बुढा मगर बताउछन।तत्कालिन मेयर र बिजय ले चुनाव जितेर आइ सके पछी यो ठाँउमा खानेपानी बिद्युत बिस्तार, बिद्यालय का भवन निर्माण लगायत ६ वटा ३ देखि ५ किलोमिटर का शाखा लाइन मोटर बाटो निर्माण भएका हुन् जसले गर्दा सबै बस्ती सम्म आबश्यक सुविधा पुग्यो त्यसैले हाम्रो भोट घनश्याम जान्छ बुढाले फेरि भने।म घनश्याम पाण्डे लाई भोट दिन्छु यसमा कसैले संका नमाने हुन्छ बुढा बताउछन!

यता यही बिषयमा कुरा गर्दा तुलसिपुर उपमहानगर का तत्कालिन मेयर तथा हाल नेकपा एमाले दांग निर्वाचन क्षेत्र नम्बर ३ क बाट लुम्बिनी प्रदेश सभा सदस्यका उमेदवार घनश्याम पाण्डे ले त्यो आफ्नो कर्तब्य भएको कुरा बताए। हामी ले त्यो सडक को पुरानो नाम फेरेर गंगालाल राजमार्ग नामाङ्कन गर्यौँ त्यस पछी गंगालाल राजमार्गको डाँडाखुटी देखि बल्ले सडक खन्डमा तत्काल मोटर बाटो स्तरउन्नती गर्ने निर्णय गरेका थियौं त्यही निर्णय अनुसार त्यो बाटो निर्माण कार्य सम्पन्न भएको हो पाण्डे ले भने।

उक्त मोटर बाटो स्तरउन्नती गर्न हामी लाइ झन्डै ४ महिना लागेको थियो पाण्डे ले अगाडी भने! हैन घनश्याम पाण्डे लाइ भोट म पनी दिन्छु तुलसीपुर ३ बाट प्रकाशित त्रिभुज खबर डटकम का प्रकाशक कल्ले निवासी मंगलसिं घर्तीले हामी संगको कुराकानीमा बताए! हाम्रो गाउँ साजबास भन्ने ठाउँमा मोटर बाटो बनाउन ११ सय मिटर त् चट्टान मात्रै छ त्यस्तो ठाउँमा समेत ढुंगा फोड्ने ब्रेकर लगाएर कल्ले सम्म मोटर बाटो उहाँ ले नै बनाइदिएर् हामी लाइ गुण लगाउनु भएको छ त्यसैले यस पाला वहाँ लाइ नै भोट गर्ने निर्णय गरेको हु घर्तीले अगाडी भने!

गंगालाल राजमार्गको प्रतापकोट खन्ड।
मेरो वडाको सबै भन्दा बिकट ठाउँ हो त्यो, त्यहाँ अनेकन समस्या हरु थिए, त्यो मध्य खानेपानी,बिद्युत, बिद्यालय भवन र मोटर बाटो मुख्य समस्या थियो त्यो समस्या बाट त्यस भेगका जनता लाई मुक्त गराउने गरी तत्कालिन मेयर घनश्याम पाण्डे ज्यु ले दिएको निर्देशन अनुसार बाटो निर्माण भएको हो भने बिद्युत बिस्तार खानेपानी र बिद्यालय का भवन हरु निर्माण भइ सकेका छन वडा नम्वर ३ का वडा अध्यक्ष बिर बहादुर बि क ले हाम्रा समाचारदाता लाइ बताए !

उपमहानगर सङ्ग गंगालाल राजमार्गको डाँडाखुटी देखि बल्ले सम्म मोटर बाटो निर्माण गर्न प्रयाप्त बजेट थिएन तर उपमहानगरको यान्त्रीक शाखा बाट स्काइभेटर र डिजल उपलब्ध गराएर बाटो निर्माण कार्य गर्ने भन्ने तत समयको कार्यपालिका ले निर्णय गरेकाले सोही अनुसार मोटर बाटो निर्माण कार्य भएको हो यान्त्रीक शाखा का शाखा प्रमुख केसब डाङ्गी बताउछन।

बाटो उक्त स्थानमा बाटो खन्ने कामका लागी २० हजार २९० लिटर डिजल खर्च भएको हो भने स्काइभेटरले १ हजार २ सय २० घन्टा बाटो खन्ने काम गरि सकेको छ डाङ्गीले अगाडि भने।

स्काइभेटर ले हार्ड स्वायल १ घन्टामा ५० घनमिटर सम्म खन्न सक्छ भने १ हजार २ सय २० घन्टामा स्काइभेटर ले ६१ हजार घनमिटर हार्ड स्वायल कटिङ गर्ने काम गरि सकेको छ तुलसिपुर उपमहानगर का इन्जिनियर पवन योगी ले राप्ती पहिचान लाई बताए।हार्ड स्वायल को कटिङ गर्न प्रती घनमिटर २५० का दरले ६१ हजार घनमिटर को १ करोड ५२ लाख ५० हजार बराबरको काम भइ सकेको छ योगी ले अगाडी भने।

बाटो बाटो जस्तो कहाँ थियो र? तत्कालिन मेयर घनश्याम पाण्डेको पहलमा वडा नम्वर ३ साविक ७ मा सुरक्षित प्रकारको मोटर बाटो निर्माण भएको हो पुर्व वडा सदस्य जित बहादुर घर्तीले हामी संग भने !


बाटो निर्माण गर्दै उपमहानगर यान्त्रीक शाखा को स्काइभेटर।
निर्माणाधिन सडक को अन्य स्थान का फुटेज हरु।

