
रमा बुढा मगर-===
तुलसीपुर ३ कार्तिक २०७९,,बिहिबार बिहान ५ वजे इलाका प्रशासन कार्यालय तुलसीपुरको गेट बाहिर कार्यालय बाट बिभिन्न किसिमका सेवा लिने सेवाग्राही को भिड् जम्मा भइ सकेको थियो| त्यसै क्रममा बिहान ७ बज्नै लाग्दा इलाका प्रशासन कार्यालय तुलसीपुरका हाकिम यज्ञ बहादुर बुढा मगर कार्यालय आइ पुगे| उनी कार्यालय आउना साथ् सेवा लिन गेटमा उभिएका सेवाग्राराही हरु लाइ रास्ट्रीय परिचय पत्र बनाउन आउनु भएका ५० जना भित्र आउनुस, त्यस पछी फेरी ५० जना लाइ बोलाउछौ,त्यस पछी फेरी बोलाउछौ आज तपाइँ हरुको काम नसकाएर हामी घर जाँदैनौं भन्दै कार्यालय भित्र छिरे र सेवा दिन
सुरु गरे| इलाका प्रशासन कार्यालय तुलसीपुरमा सेवा लिन आउने सेवाग्राहीको बढ्दो चाप लाइ कम गर्न यसो गरीएको थियो! पछिलो समय इलाका प्रशासन कार्यालय तुलसीपुर बाट समयमा सेवा लिन सास्ती भइ रहेका जनगुनासा हरु आइ रहेका बेला कार्यालयले कार्यालय समय भन्दा अतिरिक्त समय काम गरेर भए पनी सेवाग्राही को गुनासो सम्बोधन गर्ने कदम उठाएको हो| हिंजो राती ८ बजे सम्म सेवा दियौ आज राती १० बजे सम्म भए पनी सेवा दिन्छौ इलाका प्रशासन कार्यालय का प्रमुख उप सचिव यज्ञ बहादुर बुढा मगर ले राप्ति पहिचान बताए|

तुलसीपुर इलाकाले तुलसीपुर उपमहानगर, शान्तिनगर गाउपालिका, बबइ गाउपालिका र दंगीशरण गाउपालिका गरी ४ वटा पालिकाका नागरिक लाइ प्रशासनिक सेवा दिइ रहेको छ यती ठुलो यरियामा रहेका यती धेरै नागरिकलाई सर्वसुलभ सेवा दिनका लागी यहाँ कम्तिमा २० जना कर्मचारी चाहिन्छ तर यहाँ १० जना मात्रै छौं बुढा ले भने!यहाँ कम्तिमा पनी ५ जना ना सु,२ जना अधिकृत,५ जना खरिदार,५ जना कार्यालय सहयोगी,३ जना कम्प्युटर अप्रेटर र एक जना लेखापाल चाहिन्छ तर हाल यहाँ २
जना ना सु,१ जना खरिदार १ जना अधिकृत,३ जना का स एक जना लेखापाल र म गरी १० जना मात्रै कार्यरत छौ बुढाले अगाडी भने!कार्यालयमा यती धेरै भिड किन लागी रहन्छ भन्ने हाम्रो प्रश्नमा पहिला पासपोर्ट बनाउन नागरिकता मात्रै भए हुन्थ्यो हाल इ पासपोर्ट बनाउन राष्ट्रीय परिचय पत्र अनिवार्य बनाउनु पर्ने भएकाले पनी यस्तो भिड हुने गरेको छ कार्यालय का ना सु जोखिम वली ले हामी लाइ बताए| यता १० बजे कार्यालय खुल्यो भने जसो तसो राष्ट्रीय परिचय पत्र बनाउनु पर्ला भनेर रातको ३ बजे
इलाका प्रशासन कार्यालय आइ पुगेकी तुलसीपुर १७ हेमन्तपुर् का वर्षा डाँगी बिहान ७ बजे नै राष्ट्रीय परिचय पत्र बनाउन पाउदा खुशी देखीइन| कती दिन लाग्ने हो? भनेर चिन्ता लागेको थियो तर आजै बन्ने भयो उनले अगाडी भनिन! यस्तै बबइ गाउपालिका ७ का टोप बहादुर बुढाथोकी लाइ पनी त्यस्तै चिन्ता रहेछ तर हाकिम ले राती १० बजे सम्म भए पनी तपाइँ हरुको काम गरेर मात्रै घर जान्छु भने पछी आफ्नो काम हुने भन्ने मा ढुक्क देखिन्थे|जे होस काम एकै दिनमा बन्ने भयो उनले भने!