रित्तीदै दाङ माओवादी,दुई प्रभावशाली नेता एमालेमा प्रवेश।

हिमाल बि क–=====

दाङ १० असार २०७९, दाङ माओवादीमा हर्ताकर्ता मानिने हरु बिमल आचार्य, हेमराज शर्मा र जगप्रसाद शर्मा को पैसा पद र परिवारवादी राजनिती का कारण दाङमा माओवादी रित्तिदै गइ रहेको छ।जिल्ला का जिल्ला इन्चार्ज जीवन गौतम ले यी तीन नेताको परिवारवादी राजनिती बाट

आजित भएर स्थानिय तहको चुनाव अघी पार्टी बाट राजिनामा दिएका थिए। गौतम नेकपा माओवादी केन्द्र को केन्द्रीय सदस्य र दाङ जिल्ला इन्चार्ज हुन। उनी सङ्गै लुम्बिनी प्रदेश कमिटी सदस्य कलिभान रोका सहित ४

जना प्रदेश कमिटी सदस्य हरुले आज नेकपा एमाले पार्टिमा प्रवेश गरेका छन।माओवादी दाङमा गौतम प्रभावकारी नेता हुन भने उनी सङ्गै एमाले प्रवेश गरेका लुम्बिनी प्रदेश कमिटी सदस्य कलिभान रोका माओवादी केन्द्र तुलसिपुर क्षेत्रका प्रभावशाली नेता भएको कुरा

जानकार हरु बताउछ्न। माओवादी केन्द्रका यी दुई नेताले पार्टी छोडेर एमाले प्रवेश गर्दा माओवादी केन्द्र दाङ बाट १५ हजार कार्यकर्ता एमालेमा जान सक्ने कुरा माओवादी केन्द्र दाङका एक नेता के नाम नबताउने

शर्तमा बाताए।हाम्रो पार्टी पैसा, पद र परिवारवादमा चुर्लुम्म डुबी सक्यो यही कारण यो पार्टी अब कार्यकर्ता बिहिन हुन थालेको छ उनले फेरी भने।उनी हरुलाई एमाले अध्यक्ष के पी शर्माले पार्टीमा आजै स्वागत गरेर पार्टी प्रवेश गराएका छन।

प्रतिक्रिया