दाङ्गमा एक युवकको पौडी खेल्दै गर्दा डुबेर मृत्यु।

वीर बहादुर बि क -===

शान्तिनगर २७ जेठ २०७९, दाङ्गमा एक १९ वर्षिय युवक को पानीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिनगर गाउपालिका वडा नं ३ माइलीपानीका वीर बहादुर थापा रहेका छन।शुक्रवार दिउसो साढे १२ बजे तिर शान्तिनगर ३ माइलीपानी भित्रीखोला भन्ने ठाँउमा दाङ्ग

बृहत् सिचाइ आयोजनाको निर्माणाधिन सिचाइ ड्यामको तालमा पौडी खेल्दै गर्दा थापाको डुबेर मृत्यु भएको हो।पौडी खेल्न गएका थापा सिचाइ ड्याम बाट बाहिर ननिस्के पछी स्थानिय ले प्रहरी लाई खबर गरेका थिए।खबर पाए लगत्तै सशस्त्र प्रहरी बेश क्याम्प तुलसिपुर बाट सशस्त्र

प्रहरी निरिक्षक पदमराज भट्टको नेतृत्वमा घटना स्थल पुगेको सशस्त्र प्रहरीको टोली ले सिचाइ ड्याममा डुबेका थापाको खोजी कार्य सुरु गरेको थियो। सशस्त्र प्रहरी बलका असिस्टेन्ट सब-इन्सपेक्टर बेद प्रसाद वली र सशस्त्र प्रहरी बल का सहायक हवलदार निमराज

बुढाथोकी ले झन्डै २ घन्टा थापाको शव निकाल्ने प्रयास गरेका थिए। सशस्त्र प्रहरीले शव निकाल्ने प्रयास गर्दै गर्दा इलाका प्रहरी कार्यालय पञ्चकुलेमा कार्यरत नेपाल प्रहरीका सहायक हवलदार प्रभु सुनार घटना स्थल

पुगेका थिए। नेपाल प्रहरीका सहायक हवलदार सुनार गहिराइ सम्म गोता लगाउन सक्ने भएकाले उनलाइ त्यहाँ बोलाइएको थियो।

यिनै हुन नेपाल प्रहरीका सहायक हवलदार प्रभु सुनार।जसले गोता लगाएर थापाको शव सिचाइ ड्याम बाट बाहिर निकाल्न सफल भए।

सशस्त्रको टोली ले सिचाइ ड्यामको गहिरो तालमा निरन्तर थापाको शव खोजी गरी रहेको भए पनी फेला पार्न सकेको थिएन त्यही क्रममा त्यहाँ पुगेका सुनार ले १५ मिनेट जतीको समयमा कम्तिमा १७ पटक डुबकी

लगाएका थिए। डुबकी लगाउने क्रममा सिचाइ ड्यामको तालको पुर्वी किनारा तर्फ रहेको पानी बाट थापाको शव फेला पारेका थिए।

सशस्त्र प्रहरीका द्वय असिस्टेन्ट सब इन्सपेक्टर,वेद प्रसाद वली र सहायक हवल्दार निमराज बुढाथोकी जसले दुई घन्टा पानीमा डुबकी लगाएर थापाको शव खोजेका थिए।

पानीमा डुबेर मृत्यु भएका थापाको शव प्रहरीले प्रकृति मुचुलका गरेर तुलसिपुर ल्याएको छ। तुलसिपुर स्थित राप्ती प्रादेशिक अस्पतालको शव गृहमा थापाको शव राखिएको छ।

प्रतिक्रिया