
रमा बुढा मगर—===प
तुलसिपुर २४ जेठ २०७९,सरकारले जनताको स्वाश्थ्य उपचारका लागी अस्पत्ताल खोलेको छ , डाक्टर लाई तलब दिएर राखेको छ तर यिनै अस्पत्ताल हरुमा जनताले स्वाश्थ्य उपचार पाउन अचम्म कठिन भइ रहेको छ।यस्तै एउटा अस्पत्ताल हो तुलसिपुर श्थित राप्ती
प्रादेशिक अस्पत्ताल। राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा बिरामी भइ अस्पत्ताल आउने बिरामी हरुले अति न्यून सेवा सुविधा मात्रै पाउने गरेको, डाक्टर हरु समयमा अस्पत्तालमा नआउने, निजि क्लिनिकमा बस्ने गरेको बारे जनगुनासो आए पछी राप्ती पहिचान डटकम ले २०७९ जेठ ९ गते देखी सो सम्बन्धमा के भएको हो
भन्ने बारे अनुसन्धान गर्न गुप्त सुचना संकलन अभियान सञ्चालन गरेको थियो। दुई वटा टिमले जेठ ९ गते देखी २१ गते सम्म निरन्तर गुप्त सुचना संकलन गर्ने काम गर्यो।राप्ती पहिचान डटकम को जि नाइन अपन टु नाइन ले अस्पत्ताल भित्रको गतीविधीको बारेमा सुचना
संकलन गरेको थियो भने जि नाइन अपन थर्ड नाइन ले प्रादेशिक अस्पत्तालका कुन कुन डाक्टर तुलसिपुर र घोराहीका कुन कुन प्राइवेट अस्पत्ताल र मेडिकल हरुमा काम गर्दै आइ रहेको बारे सुचना संकलन गरेको थियो। जस अन्तर्गत जि नाइन अपन टु नाइन ले राप्ती प्रादेशिक अस्पत्तालमा कार्यरत २८ जना डाक्टर हरु मध्य प्रत्यक
दिन १८ देखी २० जना डाक्टर हरु ड्युटीनै नआउने गरेको,अस्पत्तालमा प्रती दिन ८ देखि १० जना डाक्टर हरु मात्र आउने गरेको तथ्य फेला परेको सुचना संकलन गरेको थियो भने भने गुप्त सुचना संकलन टोली जि नाइन
अपन थर्ड नाइनले राप्ती प्रादेशिक अस्पत्तालमा कार्यरत डाक्टर हरु तुलसिपुर क्षेत्र का ६ वटा क्लिनिक र ३ वटा प्राइवेट अस्पत्तालमा काम गर्ने गरेको र घोराही बाट आउने डाक्टर हरुले घोराही क्षेत्रमा रहेका क्लिनिक हरुमा काम गर्दै आइ रहेको सुचना संकलन गर्यो।प्राप्त सुचना अनुसार नेपाल सरकारले जनतालाइ स्वाश्थ्य
सेवा दिनका लागी सरकारी पैसा बाट डाक्टरी पढाएका राप्ती प्रादेशिक अस्पत्तालमा कार्यरत १३ जना डाक्टर हरु पनी अस्पत्तालमा भन्दा बढी समय निजि क्लिनिकमा बस्दै आइ रहेको प्रमाण फेला पर्यो। यस्तै अर्को रोचक बिषय के हो भने अस्पत्तालमा कार्यरत
डाक्टर लगायत कर्मचारी लाई परिचालन गर्ने जिम्मा अस्पत्तालका मे सु लाई दिiएको छ तर तिनै मे सु राप्ती प्रादेशिक अस्पत्तालमा भन्दा निजि क्लिनिकमा बस्दै आइ रहेको तथ्य पनी हामी ले फेला पारेका छौ। स्वाश्थ्य क्षेत्रमा phd गरि सकेका दक्ष नागरिकको नाम
सार्वजनिक गरीदिदा वहाँ हरुलाइ अप्ठेरो महसुस होला भनेर एक पटक का लागी डाक्टर हरुकै अनुरोधमा सुध्रीने अवसर दिँदै डाक्टर हरुको नाम यो पटक हामीले सार्वजनिक गरेनौ तर अस्पत्ताल भित्र नागरिकले सेवा
नपाए राप्ती पहिचान डटकमले एक महिना भित्र सबै प्रमाण सार्वजनिक गर्ने छ राप्ती पहिचान डटकम का सम्पादक प्रेम बहादुर गुरुङ ले समाचार डेस्कलाइ बताए।यो बिषयमा राप्ती पहिचान डटकमका सञ्चालक एग्गे
बहादुर बुढा मगर ले राप्ती प्रादेशिक अस्पत्ताल भित्रको आखौँ देखी अवश्था छायाँङ्कन गरेर राप्ती पहिचान डटकम नामक फेशबुक पेजमा प्रासारण गरी सकेको कुरा गुरुङले बताए।