
दाङ । तुलसीपुर उपमहानगरपालिकाका दुई मेयर विचको मतान्तर झण्डै २ हजार नजिक पुगेको छ । गठवन्धनदलको तर्फबाट नेपाली काँग्रेसका गेहेन्द्र गिरी र नेकपा एमालेका टिकाराम खड्काविचको मतान्तर १ हजार ९ सय ५४ पुगेको छ ।
तुलसीपुर उपमहानगरपालिकाको हालसम्मको ४९ हजार ३३ मत गणना हुँदा गठवन्धनका गिरीले १८ हजार ९ सय ४० मत प्राप्त गरेका छन् । एमालेका खड्काले २० हजार ८ सय ९४ मत प्राप्त गरेका छन् । खड्काले मतान्तर बढाउँदै अग्रता कायम गरिरहेका छन् ।
यसैगरी उपमेयरमा स्यानी चौधरीको अग्रता कायमै रहेको छ । नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको उपमेयर पदको उम्म्ेद्वार चौधरीले गठवन्धनदलका जोग बहादुर रानालाई ६ हजार ३ सय ८ मतले पछी पार्दै अग्रता कायम गरिरहेकी छिन् ।
स्यानीले २० हजार ३ सय ३१ मत प्राप्त गर्दा रानाले १४ हजार २३ मत प्राप्त गरेका छन् ।