२७०८३ मत गणना हुदा पुतलीको १११५ मत।

जेठ ०६ तुलसीपुर। अहिले सम्म मत गणना हुदा खेमराज वली ले १११५ मत प्राप्त गर्नु भएको छ। भने उहाँको प्रतिद्वन्दी उपमेयर पदकि उमेदवार एमाले की स्यानी चौधरी ले १०५४२ मत र उपमेयर पदका गठवन्धन तर्फका उमेदवार जोग बहादुर राणा ले ८५२६ मत प्राप्त गर्नु भएको छ। सुरुवाती देखी नै स्यानी चौधरी ले अग्रता हासिल गर्नु भएको छ। खेमराज वली नेपाल कम्युनिस्ट पार्टी विपलव समूह बाट चुनाव लड्नु भएको हो। वहाँको पार्टी नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता नभएका ले वली ले स्वतन्त्र बाट पुतली चुनाव चिन्ह लिएर तुलसिपुर उपमहानगरपालिका को उप-मेयर पदमा चुनाव लड्नु भएको हो भने अर्का उप- मेयरका प्रतिस्प्रधी जोग बहादुर राना भने नेकपा एकीकत समाजवादी पार्टी बाट चुनावी मैदानमा आउनु भएको हो।

प्रतिक्रिया