बबई नदिमा डुबेर एक जनाको मृत्यु।

(हिमाल वि. क )

तुलसीपुर,२९ बैशाख । दाङको बवई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवा बस्ने १८ वर्षीय सुरज भट्ट रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बिहिवार दिउँसो पौउने २ बजे दंगीशरण १ बैबाङ स्थित बवई नदीमा पौडि खेल्न पुगेका भट्ट मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनी संगै नुहाउन १७ बर्षका सुलभ सुवेदी,१६ बर्ष गौरब यरि र १३ बर्षका सुदिप सुवेदी गएका थिए। सुदिप सुवेदीको भनाई अनुसर पौडी खेल्ने क्रममा हामी गहिरो ठाँउ मा पुगेछौँ र मलाइ पनी पौडी खेल्न आउदैन म डुब्न लागेको देखेर मलाइ सुलभ सुवेदीले बचाएको र पछी हेर्दा सुरज भट्टलाई नदेखेको कुरा बताए।

मृतकको शवलाई पोष्टमार्टमको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिनुभएको छ।

प्रतिक्रिया