बिजय बि क को घर वरी परी बाटो पिच गर्दैमा ३ नं वडामा बिकास भयो भन्न मिल्दैन- कलिभान रोका।

हिमाल बि क –=====

तुलसिपुर १७ बैशाख २०७९, नेकपा माओवादी केन्द्र का लुम्बिनी प्रदेश सद्स्य तथा तुलसिपुर ३ का इन्चार्ज कलिभान रोकाले बिजय बि क को घर वरी परी बाटो पिच हुदैमा समग्र ३ नं वडामा बिकास भएको भन्न नमिल्ने कुरा बताएका छन। उनले राप्ती पहिचान डटकम सङ्गको कुराकानीमा यस्तो बताएका हुन।उनका अनुसार

तुलसिपुरको ३ नं वडाका बिकट वस्ती हरु कल्ले बल्ले बोहरागाँउ, गकुलडाँडा, बाह्रमौजा, सिस्नेरी, सिद्दधारा गहते, बिसमुरे, चिसापानी पन्नन्पुर गैरानाउलामा नागरिक को अपेक्षा अनुसार भौतिक पुर्वाधार बिकास नभएको कुरा बताउछन। बिजय बि क ले आफ्नो घर वरी परी

मोटर बाटो पिच गर्न लाग्या रैछन तर सुगम भनिने गहतेको घर्तीगाँउ देखि बिसमुरे जाने बाटोमा वर्षा लाग्न साथ हिलाम्मे भइ त्यहाँका वासिन्दा बिरामी भएमा एम्बुलेन्स समेत जान सक्दैन बिरामी लाइ पिठ्युमा बोकेर उपचार गर्न लैजानु पर्छ तर बिजय बि क लाई

आफ्नो घर वरी परी पिच बाटो चाहिने रैछ रोकाले भने।त्यस्तै गहतेकै त्रीबेणी देखि ठुलासम्मा, भट्टे देखि कालामारे जाने बाटो हिउदमा धुलाम्मे हुन्छ भने वर्षायाम मा हिलाम्मे भएर बाटो नै बन्द हुने गरेको छ तर उनलाइ आफ्नो घर वरी परी पिच बाटो चाहिन्छ रोका भन्छन।

एक अर्को प्रसङ्गमा उनले तुलसिपुर उपमहानगर लाई नेकपा एमाले ले ध्वस्तै पारी सकेको छ ५९ करोड ऋणमा भएको कुरा तपाइकै मिडियाले समाचार बाहिर ल्याएको हो अनि बिजय ले बिकास गरेकी विनास गरे तपाईं आफै भन्नुस रोकाले प्रती प्रश्न गरे।बिजय बि क को यो ४ वर्षको

कार्यकालमा बिकासका लागी पैसै नगएको भनेर म भन्दिन तर पैसा सङ्ग उनका गोजीका ठेकेदार हरु पनी सङ्गै गएको कुरा जग जाहेरै छ तपाईंको मिडियाले यो देख्यो कि देखेन भनेर रोकाले फेरि प्रती प्रश्न गरे। यसरी हेर्दा ग्रामिण वस्ती हरुमा बिकास निर्माण का लागी बजेट जाँदा ठेकेदार हरु पनि सङ्ग सङ्गै जाने गरेका थिए। अर्को कुरा हामी गठवन्धनका उमेदवार हरुले बिजय लाई

आरोप मात्र लगाउदैनौ हामीले चुनाव जित्यौ भने जेस्ठ नागरिक हरुलाइ घर घरमा बृद्द भत्ता बिकट बस्ती हरु कल्ले बल्ले सालघारी धनुवास थापापानी गैरानाउला आम्बास सिस्नेरी तल्लो आम्बास बोहरागाउ गकुलडाँडा गहते कालामारे पननपुर बिसमुरे बहराखाली चिसापानी बाट बिकास गर्न सुरु गर्छौ रोकाले अगाडी भने। त्यस्तै

दमारगाउ डाँडाखुटी हेरेवास चैनडाँडाका घना वस्ती हरुमा शिक्षा स्वाश्थ्य खानेपानी तथा एक घर एक रोजगारीको ब्यबश्था गर्ने छौँ।तुलसिपुर ३ को दमारगाउ डाँडाखुटी गहते बिसमुरे बहराखालीका किसान हरुलाइ सुलभ कृषि मिटर जडान गरि बिद्युतिय माध्यम बाट सिचाइको

ब्यबश्था यथाशिघ्र गर्ने गरि तयारी गरेका छौ रोकाले फेरि भने। हामी आफ्नो घर वरी परी बाटो पिच गर्नलाइ होइन उपमहानगरलाइ ऋणमा डुबाउन पनि हैन समृद्द वडा र खुशी वडावासी हुने गरी बिकास निर्माणका पुर्वाधार तयार गर्ने गरी वडावासी सङ्ग भोट माग्न जाँदै छौँ रोका भन्छन्।

एक अर्को प्रसङ्गमा बिजय ले घर घरमा गएर हात तानेर ढोग गर्दै भोट माग्ने गरेका छन हामी गठवन्धन का उमेदवार हरुले वडावासी आमा बुवा हरुलाइ चुनावताका ढोग गर्ने मात्रै नभइ वडावासी बृद्द आमा बुवा हरुको स्याहार सुसार र लालन पालन समेत वडा कार्यालय बाट गर्छौँ र उनका छोरा छोरी हरुलाइ जिबिकोपार्जन का लागी

माध्यम बन्छौँ र समृद्द वडा र खुशी वडावासी बनाउछौँ रोकाले अगाडी भने।हामी ले ४ वर्ष सम्म वडा अध्यक्षले निर्माण हुन्छ भनेको मात्रै सुन्यौं निर्माण भएको कतै देखेनौ,अब हामी निर्माण भएको देखिने गरी काम गर्न जनता बाट अनुमोदित हुन भोट माग्न जान्छौँ,त्यस पछी जनताका

आवश्यकता लक्षित बिकास निर्माण,रोजगारी र बृद्द आमा बुवा हरुको स्याहार सुसार तथा लालन पालन गर्छौँ रोकाले स्पश्ट पारे।

प्रतिक्रिया