तुलसिपुर ७ मा काँग्रेसले जित्छ-जी सी।

तुलसीपुर वडा नं ७ मा नेपाली कांग्रेस बलियो भएकोले हाम्रो जित सुनिश्चित छ : राम बहादुर जी सी

हिमाल वि.क

तुलसीपुर , १४ वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ मा अध्यक्षको लागि उम्मेदवार राम बहादुर जी सी बलियो उम्मेद्वार हुन । सत्ता गठबन्धन दल नेपाली कांग्रेस बाट अध्यक्ष पदका लागि सोमबार उम्मेदवार दर्ता गरे लगतै उनले आफू निर्वाचित भए गरिब तथा मजदुर वर्गकै लागि काम गर्ने बताएका छन। उनले वडामा रहेका असहाय तथा अतिविपन्न हरुका लागि विभिन्न सहयोग गर्दै आएका छन् भने विकास निर्माणका काममा पनि उत्तिकै सक्रिय छन।

उनले राजनीतिक दल र नेताहरूले दिएका झुटा आश्वासनबाट वडा बासी आजित भइसकेको दाबी गर्दै आफूले त्यस्ता झुटा आश्वासन नबाँड्ने बताए । गरिब किसान तथा मजदुर वर्गको जीवनस्तर उकास्नका लागि उपयोगी योजनाहरू अगाडि बढाउने `जी सी ´ले बताएका छन । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा अत्यधिक मतका साथ विजयी भएका थिए।

उनले आफू सबैभन्दा योग्य उम्मेदवार भएको दाबी गर्दै आफ्नो जीत सुनिश्चित जस्तै रहेको पनि बताए ।जिसी नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवीको रुपमा वडामा परिचीत छन् । ‘वडा नं ७’ का प्रत्येक जनताले चिन्ने र माया गर्ने उम्मेदवार मै हुँ, त्यसमाथि गठबन्धनको तर्फबाट उम्मेदवार बनेको छु, मैले चुनाव जित्ने छु । जी सीले भने । दु:ख,शोसित पिडित गरिब जनताको पक्षमा काम गर्ने पात्र आफू बन्ने उनको भनाई छ । आफ्नो उम्मेदवारीले वडामा सबै वर्गका जनताको प्रतिनिधित्व गर्ने उनले बताएका छन ।

सडक, खानेपानी, कृषि, स्वास्थ्य र शिक्षाको विकास नै आफ्नो मुख्य एजेन्डा भएको जिसीको भनाई छ । त्यस्तै वडा सदस्यहरुमा शोभाराम भण्डारी, महिला सदस्यमा ललिता कँडेल, दलित महिला सदस्यमा डिला विश्वकर्माले मनोनयन दर्ता गराएको पार्टीका वडा कार्यसमिति सभापति ओम बहादुर वलीले जानकारी दिएका छन।

प्रतिक्रिया