
रमा बुढा मगर–====
तुलसीपुर ९ वैशाख २०७९, सत्ता गठवन्धन दल मध्यको माओवादी केन्द्रले दाङको चुनावी क्षेत्र नं ३ मा एकल उमेदवारी दिने भएको छ। क्षेत्र नं ३ का बबइ, शान्तिनगर र दगिशरण गाउपालिका मा गाउपालिका अध्यक्ष उपाध्यक्ष सहित प्रत्येक वडामा वडा अध्यक्ष र सदस्य सहित एकल उमेदवारी दिने र तुलसिपुर उपमहानगरपालिका को हकमा मेयर र उप मेयर बाहेक
१९ वटै वडामा वडा अश्यक्ष र सदस्य पदका लागी पार्टी ले एकल उमेदवारी दिने कुरा माओवादी केन्द्र को क्षेत्रीय संगठन क्षेत्र नं ३ ले घोषणा गरेको छ।माओवादी केन्द्रका दाङ क्षेत्र नं ३ का इन्चार्ज भिम बहादुर वली (डाइबर) ले सामाजिक सञ्जालमा बिज्ञप्ती लेख्दै यस्तो कुरा

सार्वजनिक गरेका छन। हामी आफ्नो पार्टिको बिचार कार्यदिशा र सिद्वान्तलाई जनता माझ लगेर जनता सङ्ग भोट माग्ने निर्णयमा पुगेका छौ क्षेत्र नं ३ का इन्चार्ज भिम बहादुर वली ले राप्ती पहिचानलाइ बताए। संघिय लोकतान्त्रीक गणतन्त्र, धर्मनिरपेक्ष रास्ट्र नेपाली जनताले मागेको संविधान २०७२ माओवादीको दस वर्षिय
जनयुद्दका उपलब्धी हरु हुन यसको संरक्षण,सम्बर्धन र रक्षा का लागी हामीले हाम्रो कार्यदिशा लाई टेकेर अगाडी बढ्ने भन्ने निर्णय भएको छ सो ही अनुसार अगाडी बढ्छौ वली ले अगाडी भने। हाम्रो पार्टीले क्षेत्र नं ३ को
बबई,शान्तिनगर र दंगिशरण गाउँपालिका मा अध्यक्ष उपाध्यक्ष सहित सबै वडामा वडा अध्यक्ष र सदस्य पदका लागी उमेदवारी दिन्छौँ माओवादी केन्द्र को लुम्बिनी प्रदेश सदस्य राधिका परियारले हामि लाई बताइन।तुलसिपुर उपमहानगर को हकमा भने पार्टी केन्द्रले गरेको निर्णय अनुरुप मेयर र
उपमेयर बाहेक १९ वटै वडामा वडा अध्यक्ष र सदस्य पदका लागी मात्रै माओवादी ले एकल उमेदवारी दिन्छ परियारले अगाडी भनिन।