घोराही मालपोतको मिलेमतोमा सरकारी जग्गा ब्यक्तिको नाउमा पास भयो,झन्डै ४४ बिगाह सरकारी जग्गाको मोठ हरायो।मोठ हराएको जग्गा सबै अतिक्रमणको चपेटामा।

रमा बुढा मगर–=====

तुलसिपुर ८ चैत २०७८, बिक्रम सम्बत २०२६ सालमा गरिएको नेपाल सरकारको सर्वेनापी ले दाङ्ग टरीगाँउ पञ्चायतको ९ नं वडा हाल तुलसिपुर उप मनपा वडा नं १० को बनगैँ मा टरीगाँउ ९ ख कित्ता नं १७६ तोकी ४३ बिगाह १६ गट्ठा साढे ४ धुर जग्गा नेपाल सरकार को नाउमा राखेको कुरा नापी कार्यालयको फिल्डबुकमा र

मालपोत कार्यालयमा दर्ता भएको देखिन्छ।त्यही ४३ बिगाह १६ गट्ठा सरकारी जग्गामा पर्‍यो तत्कालिन मालपोत कार्यालय दाङका कार्यालय प्रमुख अब्दुल कलाम खाँ को आँखा। उनले कस्तो प्रलोभनमा परी सरकारी जग्गा ब्यक्तीको नाउमा दर्ता गरे भन्ने कुरा केही नखुले पनी खाँ नै कार्यालय प्रमुख रहेका बेला टरीगाँउ ९ ख कित्ता नं १७६को सरकारी जग्गा बाट २०५७ सालमा

कित्ता नं टरीगाँउ ९ ख ६२९ कायम हुने गरी ज बि ०-१-१ एक गट्ठा एक धुर र कित्ता नं ६३० कायम हुने गरी ज बि ०-३-१९ धुर गरी ५ गट्ठा सरकारी जग्गा गुरीलाल चौधरी को नाउमा दर्ता श्रेस्ता नै कायम गरीदिएको ब्यहोरा नापी कार्यालय तुलसिपुरको फिल्डबुक अभिलेखले देखाउछ। बाँकी रहेको ४३ बिगाह ११ गट्ठा सरकारी जग्गा मध्य १

बिगाह १५ गट्ठा ७ धुर जग्गा बनगैँ कै चन्द्र बहादुर हमाल ले आफ्नो भएको दावी गर्दै आइ रहेका छ्न भने ४३ बिगाह ११ गट्ठा साढे ४ धुर सरकारी जग्गामा हाल सियो डोब्ने ठाउँ जति पनी खाली छैन, अतिक्रमणमा परेको देखिन्छ।घटना हेर्दा तत्कालिन मालपोत कार्यालय दाङका कार्यालय प्रमुख अब्दुल कलाम खाँ ले गुरीलाल

चौधरी लाई दर्ता श्रेस्ता नै कायम हुने गरी र चन्द्र बहादुर हमाल लाई पछी दर्ता हुने गरी सरकारी जग्गा दिएको कुरा थाहा पाए पछी वरपरका मानिस हरु सबै आइ बाँकी रहेको सरकारी जग्गा अतिक्रमण गरि बसेको जस्तो पाइन्छ।अर्को रोचक कुरा के छ भने मालपोत कार्यालय घोराही र मालपोत कार्यालय तुलसिपुरमा हाल उक्त सरकारी जग्गाको मोठ समेत छैन।राप्ती पहिचान

डटकम लाई सुचना दिइएको मालपोत कार्यालय तुलसिपुरको च नं ७६११ मिति २०७९/०१/०५ गतेको पत्रमा टरीगाउँ ९ ख साविक कित्ता १७६ जसमा ४३ बिगाह १६ गट्ठा साढे ४ धुर क्षेत्रफल रहेको सरकारी जग्गा र गुरीलाल चौधरीको नाउमा दर्ता श्रेस्ता कायम भएका दुई कित्ता कित्ता नं टरीगाउ ९ ख ६२९ र टरीगाँउ ९ ख ६३० नं कित्ता तथा सो मा भएको जग्गाको कुनै

प्रकारको भु-अभिलेख यस कार्यालयमा नभएको भनी लेखिएको छ। यता यहि बिषयमा नापी कार्यालय तुलसिपुरले भने टरीगाँउ ९ ख साविक कित्ता नं १७६ मा ४३ बिगाह १६ गट्ठा साढे ४ धुर जगा नेपाल सरकारको नाउमा भएकोमा २०५७/१०/२९ गते मालपोत कार्यालय दाङ्ग को च नं ३२८१ को पत्रमा दुई कित्ता बाट ५ गट्ठा

जग्गा गुरीलाल चौधरीको नाउमा कित्ता कायम हुने गरी कित्ता काट गर्नु हुन भनी लेखी पठाएको आधारमा साविक कित्ता नं ९ ख १७६ को जग्गा बिगाह ४३ बिगाह १६ गट्ठा साढे ४ धुर बाट ०-१ गट्ठा ०-०-१ धुर र ०-३ गट्ठा ०-०-१९ धुर कित्ता नं क्रमश: ६२९ र ६३० नं कित्ता कायम हुने गरी कित्ता कायम गरेको र साविक कित्ता नं

१७६ लाई साविक कित्ता मान्ने र नयाँ कित्ता ६३१ कायम गरी बाँकी रहेको सरकारी जग्गा ४३ बिगाह ११ गट्ठा साढे ४ धुर क्षेत्रफल रहेको खुलाइ राप्ती पहिचान डटकम लाई लिखित जानकारी उपलब्ध गराएको छ। तत समयमा दाङ्गको घोराहीमा मात्रै मालपोत कार्यालय थियो राप्ती पहिचान डटकम ले घोराही श्थित मालपोत

कार्यालय लाई २०७८/१२/६ गते २०५७ साल १० महिना २९ गतेको समयमा कार्यालय प्रमुख को थिए? र मुद्दा शाखा प्रमुख तथा मालपोत अधिकृत को थिए भनी जानकारी माग्दा २०७८/१२/३० गते च नं ९८९१ को पत्रमा २०५७ सालको हाजिरी रजिस्टर यस मालपोत कार्यालयमा फेला नपरेको र तत समयमा पारित भएको

लिखत हेर्दा कार्यालय प्रमुख अब्दुल कलाम खाँ, मालपोत अधिकृत कृष्ण प्रसाद गौतम र मुद्दा शाखा प्रमुख कमल बहादुर वली कार्यरत रहेको देखिन्छ भनी राप्ती पहिचान लाई जानकारी गराएको छ।अनुसन्धान गर्दै जाँदा सरकारी जग्गा ब्यक्तीको नाउमा पास गराउने काममा यी तीन अधिकारीको पक्कै पनी संलग्नता

भएको प्रस्ट देखिन्छ। यसै सम्बन्धमा हामीले मालपोत कार्यालय तुलसिपुर का कार्यालय प्रमुख खेमराज शर्मा लाई सरकारी जग्गा कसरी ब्यक्तीको नाउमा पास भयो? र बचेको सरकारी जग्गाको पनी मोठ श्रेस्ता किन कायम भएन भनी सोधनी गर्दा आफु भरखर निमित्त कार्यालय प्रमुख भएर बसेको हुनाले आफू लाई यस बिषयमा

जानकारी नभएको कुरा बताउछन।मलाइ त यस बारे थाहा नै थिएन अब थाहा भयो सरकारी जग्गाको बारेमा खोजीनिती गरेर संरक्षण गर्ने काम गर्छु शर्माले अगाडी भने।उक्त जग्गाको अभिलेख मालपोत कार्यलयमा नभए पनी म कार्यालय प्रमुख रहेको नापी कार्यालयमा अभिलेख

दुरुस्त छन, त्यसैको आधारमा सरकारी स्वामित्वको जग्गाको संरक्षण गर्छौ नापी कार्यालय तुलसिपुरका कार्यालय प्रमुख भक्त बहादुर बि क ले राप्ती पहिचान लाई बताउनु भयो।

प्रतिक्रिया