कर्मचारी संगठन को स्थापना दिवसको अवसरमा पार्टीका माउ नेता हरु द्वारा रक्तदान।

तुलसीपुर । नेपाल निजामती कर्मचारी संगठनको ३२ ‌औँ स्थापना दिवसको सन्दर्भमा मंगरबार तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति दाङको आयोजना र नगरपालिका कमिटी तुलसीपुरको व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा रक्तसञ्चार केन्द्र राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा पार्टीका माउ नेता टिकाराम खडका लगायत ४५ जनाले रक्तदान गरेका थिए ।

नेपाल निजामति कर्मचारी संगठन, जिल्ला कार्यसमिति दाङका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कार्यसमिति दाङ अध्यक्ष हुकुम बहादुर बस्नेतको प्रमुख अतिथ्यता र पार्टीका वरिस्ठ नेता टिकाराम खडकाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

नेपाल निजामति कर्मचारी संगठन, जिल्ला कार्यसमिति दाङ उपाध्यक्ष पवित्रा केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य टिकाराम खड्का, नेकपा एमाले जिल्ला कार्यसमिति दाङ अध्यक्ष हुकुम बहादुर बस्नेत लगायतकाले बोलेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण नेपाल निजामति कर्मचारी संगठन, जिल्ला कार्यसमिति दाङ, सचिव बाबुराम न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया