देउखुरी का जनता माझ रा प्र पा।

बिजौरी । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति दाङका अध्यक्ष क्षेत्रबहादुर बस्नेत तथा पार्टीका महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख डा. धवल सम्शेर राणाको प्रमुख आतिथ्यतामा लमहीमा, भालुबाङ, कालाकाटे, गढवा र जङ्रवामा भएको कोणसभा तथा मोटरसाईकिल र्यालि सम्पन्न भएको छ ।

लमही उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शोभाकर घिमिरे लगायत सयौ जना पार्टीमा प्रवेश गरेका छन् । नव प्रपेशीहरुलाई पार्टीका महामन्त्री डा धवल शमशेर राणाले टिका लगाएर स्वागत गरेका हुन् ।

सो अवसरमा लमही उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शोभाकर घिमिरे, नर बहादुर बुढाथोकी, वंशीकुमार शर्मा, प्रदिप कुवर, प्रेमबहादुर शाह, दिपक धिताल र विवेक बुढाथोकीलगायतकाले बोलेका थिए ।

स्थानीय निर्वाचन नजिकिएसँगै राप्रपाले जनतामाझ कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया