११०२ मा फोन गरेर स्थानिय पालिका निर्वाचन सम्बन्धी जानकारी लिन सकिने।

काठमाडौं । निर्वाचन आयोगले आजबाट कल सेन्टर सुरु गर्दैछ । स्थानीय तह निर्वाचनबारे जानकारी दिन आयोगले आजबाट कल सेन्टर सुरु गर्न लागेको हो ।

निर्वाचन सम्बन्धी सर्वसाधारणको जिज्ञासा समाधान गर्ने उद्देश्यले कल सेन्टर सुरु गर्न लागेको निर्वाचन आयोगले जनाएको छ । ११०२ नम्बरमा फोन गरेर निर्वाचनबारे जानकारी लिन सकिन्छ । कल सेन्टर मतदान र मतगणना अवधिसम्म सन्चालनमा रहने आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन आउन अब ४५ दिन बाँकी छ ।

प्रतिक्रिया