जडसुत्रीय ढङ्गले मार्क्सवादको व्याख्या गर्ने हरु कम्युनिस्ट हुन सक्दैनन- भिम बहादुर वली।

संसारभर भयका सफल क्रान्तिका पछाडी पनी विजय र पराजय,क्रान्ति र प्रतिक्रान्ति तथा उत्साह र निरासा आदी भएरै एउटा पहलकदमीको विन्दुमा पुग्यो। त्यसपछी निरन्तर हिसावले क्रमशः क्रान्ती, विजय र

उत्साह हराउदै गयो सासन सत्तामा पुगीसके पछी हातलाग्यो पराजय, प्रतीक्रान्ती र निरासा। यसो कीन भयो भन्ने जवाफ क.माओले आज भन्दा अगाडी नै दिएर पनी प्रयोगमा आएन।सही कार्यदिशा आफुले विकास गर्न पनी नसक्ने संश्लेषण सहित अगाडी बढेको विज्ञानलाई आत्मसाथीकरण नगर्ने रोग कम्यूनिष्टहरूमा सय वर्षभन्दा बढी भएको इतीहास छ।
         एक्काइसौँ शताब्दीमा माओको जवाफले मात्र  पनी पुग्ने अबस्था होइन कीनकी विज्ञान गतीसील हुनुका साथै विकासवान छ त्यसैले थप बस्तु र चेतनाको तालमेलको अभाव भने

आज भएकै छ। सास्कृतिक क्रान्तिले आफैमा बलियो संगठनको स्वरूप पनी दीन सकेको थिएन आज हामीले दीनुछ।आर्थिक आधारलाई जननियन्त्रीत बनाउन सकेको थियन सक्नु छ, उपरिसंरचनामा ब्यापक फेरवदल गर्न सकेको अवस्था थिएन पुरानै प्रतीक्रान्तीकारीहरूको बाहुल्यता थियो।देशै आफ्नो नियन्त्रणमा लिएको देशमा त त्यसो थियो भने नेपालको आजको

अबस्थालाई त्यही स्तरबाट बुझ्नु गलत नै हुन्छ।आज हामी नेपाली मौलिकता सहित अगाडी बढीरहेको बस्तुगत अबस्थालाई नबुझी जडसूत्रीय ढंगले मार्क्सवादको ब्याख्या गर्नेहरूको समग्र अवस्था हामी हरूले देखेकै छौ। जनयुद्ध, संयुक्त जनआन्दोलन र समझदारी नैपाली विशेषताहरू हुन। यो विशेषताले समझदारीमा गणतन्त्रलाई संस्थागत गर्नेकाम, संविधान सभाबाट संविधान, संघीयताको ढाँचा,सत्तामा उत्पिडीत वर्गलाई सहभागिता ,

समाजवाद उन्मुख संविधानको परिकल्पना, धर्मनिरपेक्षता आदी नेपाली मौलिक विशेषताहरूका विरूद्धमा जानेहरूलाई लेनिन र माओको स्तर भन्दा माथीबाटै शान्तिपुर्ण हिसावले सरकारबाट गलहत्याउनु जस्ता कार्यहरू  क.प्रचण्डको नेतृत्व मै भएका छन।यी उपलब्धि हरुलाई संस्थागत गर्नमा प्रचण्डको दोष होईन नेपालका कम्यूनिष्ट पार्टी भन्ने हरूको पनी अवस्य हो। त्यसैले कम्यूनिष्ट पार्टी भनेको परिस्थितिको ठोस् विश्लेषण गर्ने र सोही अनुसारको रणनिती र

कार्यनिती तर्जुमा गर्नुका साथै एकताबद्ध भयर अगाडी बढ्न सक्नु हो। हामी कम्यूनिष्टहरू प्रतिशोधात्मक बढी र रचनात्मक कम भयौ यो इतिहास स्टालीनबाट सुरू भएर झाङ्गिदै गएको छ।माओ भन्दा रचनात्मक भएर मात्र यो शताब्दीको कार्यभार पुरा गरिने छ। आजका करोडपती मजदुर, वित्तीय पुँजीवाद,संचार , यातायात र प्रविधी र विज्ञानमा डिजीटलीकरण संग जोडीएको उत्पादन प्रणालीमा

कम्यूनिष्ट हरूको चेतनामा विकास र प्रतीरोधको कार्यदिशा सबैलाई एकिकृत गरेर नहुने होला। संसार बदलिएको नदेख्ने र जडसूत्रीय ढंगले मार्क्शवादको हिसाव गर्नेहरू कम्यूनिष्ट होइनन्। आजको हाम्रो समस्या भनेकै २१ औ शताब्दीमा मार्क्शवादको प्रयोग मै छ।त्यस्को सही मार्गनिर्देशन सापेक्षिक हिसावले माओवादी केन्द्र नै भएकाले उसको कार्यदिशा वरपर गोलबन्द हुनेहरू न तुलनात्मक हिसावले कम्यूनिष्टहरू हुन।यो वैज्ञानिक समाजवादको

कार्यदिशा बाहीर रहेका जो कोही ब्यबहार वीनाका कोरा आदर्शका मार्क्शवादीहरू हुन।त्यसैले सचेततापुर्वक संगठित भइ इतिहासकै आवश्यकता पुरा गरौ। रचनात्मक तरिकाको बहसको थालनी गरौ आफु मात्र मार्क्शवादी देख्ने अरूलाई नदेख्ने तरिकालाई निरूतसाहित गरि एक समृद्ध चेतनाको विकास नेपाली भुमिबाट सुरूवात गरौ त्यसैमा तिन करोड जनताको भविश्य सुनिश्चित गर्न सकीन्छ।

प्रतिक्रिया