माओवादी नेताले कार्यकर्ता अलपत्र छाडे पछी कार्यकर्ता एमाले लाई बुझाइ दिएको हुँ-एग्गे बहादुर बुढा।

हिमाल वि क –=====

तुलसीपुर ९ चैत्र २०७८, बिहान को ५ बजेको थियो मोबाइलको घन्टी बज्यो मैले हेलो भने पछी उता बाट आवाज आयो दाइ नमस्कार आज तपाईं हाम्रो गाँउमा आउनु पर्त्यो हामी लाई माओवादी बाट बिदाइ गर्न आउनु पर्‍यो,हामी हरु एमालेमा जाँदैछौ। २०७८ चैत्र ९ गते बिहान राप्ती पहिचान डटकम का प्रकाशक/कार्यकारी

सम्पादक एग्गे बहादुर बुढा मगर लाई यस्तो फोन आएको हो भने बुढाले २ वर्ष अघि माओवादी त्यागेर स्वतन्त्र भएर बस्दै आइ रहेका छन।पछिल्लो समय माओवादी प्रती नेपाल भरी जनबितृष्णा बढ्दै गइ रहेको बेला तुलसिपुर ३ बल्ले किमगैराका माओवादी कार्यकर्ताले यस्तो फोन गरेका हुन।फोनमा निम्तो पाएका बुढा बिहान उठेर किमगैरा पुग्दा

बल्ले,किमगैरा,थापापानी र दाङपानी का ८३ घर धुरी माओवादी कार्यकर्ता जम्मा भइ सकेका थिए भने नेकपा एमालेका जिल्ला सदस्य तथा तुलसिपुर ३ का वडा अध्यक्ष वीर बहादुर बि क बिजय त्यस ठाँउमा आउदै गरेको कुरा बुढा ले थाहा पाए।किमगैरा भन्ने ठाँउमा भेला भएका माओवादी कार्यकर्ताले आफू हरु आज नेकपा

एमालेमा पार्टी प्रवेश गर्न लागेको र आफू हरु माओवादीमा हुँदा तपाईं नै आफू हरुको नेता भएकाले तपाईं लाई यहाँ बोलाएको कुरा बुढा लाई बताए। किन यस्तो गर्न लागेको भन्ने बुढाको प्रश्नमा उनी हरुले आफू हरुलाइ माओवादीका नेता हरुले कहिल्यै नखोजेको,कुनै पिर मर्का पर्दा सम्पर्कमा समेत नआउने गरेको र

कार्यकर्ता सङ्ग सामुहिक तस्बिर लिदै माओवादी केन्द्र का पुर्व-वडा अध्यक्ष एग्गे बहादुर बुढा मगर।

रास्ट्रघाती mcc सम्झौता गरेकाले हामी हरुले माओवादी छोड्न लागेको कुरा बुढा लाइ बताए।भेला भएका माओवादीका कार्यकर्ताले आफू सङ्ग अन्तिम सरसल्लाह लिन बैठक बसौँ दाइ भने पछी म त्यहाँ पुगेको हुँ एग्गे बहादुर बुढा मगरले राप्ती पहिचान लाई बताए। म त्यहाँ पुगे पछी माओवादीका नेता हरुको जीवन शैली राजा

महाराजाको जस्तो भइ सक्यो हामी कार्यकर्ता हरु साँझ बिहानको छाक कसरी टार्ने भन्ने समस्याले कहिल्यै नच्जोड्ने भयो के गरम दाइ भने पछी मैले पनी माओवादीमा ग्रामिण भेगका कार्यकर्ताको भविश्य

बिदाइ अबिर लगाइदिदै एग्गे बहादुर बुढा मगर
माओवादी केन्द्र को पुर्व वडा अध्यक्ष वीर बहादुर बुढा।

माओवादीमा नदेखे पछी एमालेमा जाउ भनी दिएँ बुढाले अगाडी भने।एमाले प्रवेश गर्नेमा माओवादी केन्द्रका पुर्व वडा अध्यक्ष वीर बहादुर बुढा,धनविर पुन,इश्वर पुन, धन बहादुर खत्री,दल बहादुर खत्री बिबा घर्ती प्रसाराम थापा

लाल बहादुर सुनार मनबिर घर्ती,डोँटी घर्ती,सुन्तली बुढा चन्द्र बहादुर बुढा, इन्द्रा पुन,कलावती घर्ती ,दिपा पुन,हर्क बहादुर खत्री,शंकर पुन लगायत १०३ जना नेकपा माओवादी केन्द्रका पार्टी सदस्य रहेका छन।

प्रतिक्रिया