किन मौन छ तुलसिपुर कर कार्यालय,कारवाही भएन कर छल्ने व्यापारी लाई।

रमा बुढा मगर–=====

तुलसिपुर फागुण २०/२०७८, राप्ती पहिचान डटकम ले २०७८ मंसिर १ गते र २०७८ मंसिर ८ गतेको अंकमा व्यापारी हरुले भ्याट छली रहेको तथ्य समाचार सामग्री बाहिर ल्यायो। ती दुवै अंकमा एक जना ब्यापारीको अडियो टेप सार्वजनिक गरिएको थियो जसमा उनले आफुले कर छली रहेको कुरा स्विकारेका छन। आफुले

कर छली गरेको कुरा स्विकार्ने व्यापारी हुन तुलसिपुर बजारको बिरेन्द्र चोकमा भाँडा पसल सञ्चालन गर्दै आइ रहेका धर्म भाँडा पसल का सञ्चालक मंगल प्रसाद कसौधन(साइन बोर्डमा उल्लेख भए बमोजिम को नाम) राप्ती पहिचान डटकम को कर छली बिरुद्दको गुप्त सुचना संकलन अभियान अन्तर्गत कसौधन को भाँडा पसलमा नक्कली ग्राहक बनेर पुगेका राप्ती पहिचान डटकम का प्रकाशक तथा कार्यकारी सम्पादक एग्गे बहादुर बुढा सङ्गको कुराकानीमा उनले यस्तो स्विकारेका हुन।

रहेको कुरा थाहा पाए पछी नक्कली ग्राहक बनेर उनको भाँडा पसलमा पुगेका राप्ती पहिचान डटकम का प्रकाशक तथा कार्यकारी सम्पादक एग्गे बहादुर बुढा सङ्ग कुराकानी गर्दै गर्दा उनले यस्तो स्विकारेका हुन।
सुन्नुस अडियो टेप।

मंगल प्रसाद कसौधन ले आफुले कर छलेको कुरा स्विकारेको अडियो टेप रोल।

कसरी छल्छन त कसौधन ले भ्याट(कर)

मूल्य अभिबृद्दी कर भ्याटमा दर्ता रहेका धर्म भाँडा पसल सञ्चालक कसौधन् ले सामान किन्ने असली ग्राहक कसैलाइ पनी भ्याट बिल दिंदैनन। उनले सामान बेच्दा चर्को मूल्य अभिबृद्दी गरेर बेचेका हुन्छन त्यसैले पनी उनले असली ग्राहक लाई भ्याट बिल दिन सक्दैनन किन भने कानुनमा आफुले खरिद गरेर सामान बेच्दा खरिद

मुल्यको २० प्रतिशत मात्रै मूल्य अभिबृद्दी गर्न पाउने प्रावधान छ। त्यही कारण उनले सामान बेच्दा असली ग्राहकका नाममा र उनै ग्राहक लाई दिनु पर्ने भ्याट बिल ग्राहक सामान लगेर गइ सके पछी आफू खुशी ५ प्रतिशत मात्रै मूल्य बृद्दी गरेको देखाइ बिल काटेर फाल्ने गर्दछन वा फर्जी नाममा बिल काटेर फाल्ने र कर छल्ने

तुलसीपुर वीरेन्द्र चोकमा रहेको धर्म भाँडा पसल जहाँ बाट खुलेआम भ्याट छली हुने गर्छ।

गर्दछ्न। यता मूल्य अभिबृद्दी कर ऐन २०५२ को दफा १४को उप दफा १ मा कुनै सामान किनी सके पछी बिक्रेता ले खरिद कर्ता लाई अनिबार्य बिल दिनु पर्ने र खरिद कर्ताले पनि अनिवार्य बिल लिनु पर्ने ब्यबश्था छ भने सो को पालना नगरे सो ही ऐनको दफा २९ को उप दफा १( ग) मा बिल नदिने व्यापारी लाई पटक्कै पिच्छे १० हजार रुपैयाँ जरिवाना र बिल नलिने ग्राहक लाई पनी पटक्कै पिच्छे एक हजार रुपैयाँ जरिवाना हुने ब्यबश्था छ।तर पनी उनले कुनै पनी

असली ग्राहक लाई बिल दिदैनन भने नियामक निकाय तुलसिपुर कर कार्यालय बेखबर रहेको छ।त्यस्तै मूल्य अभिबृद्दी कर ऐन २०५२ को दफा २९ को उप दफा २ मा कुनै ब्यक्ती ले कर छली गरेमा कर अधिकृतले त्यस्तो ब्यक्ती लाई कर बिगोको शतप्रतिशत रकम जरिवाना वा ६ महिना सम्म कैद वा दुवै सजाय हुने ब्यबश्था छ।कसौधन को धर्म भाँडा पसल रहेको बिरेन्द्र चोक देखी तुलसिपुर

श्थित आन्तरिक राजश्व कार्यालय को दुरी फिता लगाएर नाप्ने हो भने १०० मिटर टाढा होला तर कर कार्यालय यो बिषयमा कारवाही गर्नुको साटो मौन बसेको छ। राप्ती पहिचान डटकम ले यो बिषयमा कर कार्यालय का प्रमुख कर अधिकृत गोपीकृष्ण कोइराला लाई साढे ३ महिना

अघि सुचना समेत दिएको थियो तर पनी तुलसिपुर श्थित कर कार्यालयले कसौधनलाइ कुनै पनी प्रकारको कार्वाही को दायरामा ल्याएको छैन भने कसौधन खुलेआम कर छली गर्दैछ्न।

प्रतिक्रिया