गंगा पुन मगर लाई दिए दाता हरुले राहत सहयोग,

रमा बुढा मगर-===

तुलसिपुर १३ फागुन २०७८, फाल्गुण ४ गते आफ्नै छोरा बाट धारिलो हतियार प्रयोग गरि हत्या गरिएका कर्ण बहादुर पुन मगर की श्रीमती गंगा मगर भन्ने गंगा पुन मगर लाई दानबिर दाता हरुले खाद्यान्न लगायत लत्ता कपडा राहत सहयोग दिएका छ्न।

गंगा मगर लाई राहत हस्तान्तरण गर्दै रास्ट्रीय सभा सदस्य जग प्रसाद शर्मा (अपार)

गंगा पुन मगर को आर्थिक अवश्था अत्यन्त कमजोर भएको कुरा सामाजिक सञ्जाल बाट थाहा पाएका तुलसिपुर ५ क लाइनमा फेन्शी कपडा ब्यबशाय सञ्चालन गर्दै आइ रहेका रितेश फेशन हाउस का सञ्चालक लक्ष्मण बगाले थापा ले २५ किलो चामल, ५ लिटर खाने तेल र गंगा पुन लाई एक जोडा लाउने कपडा सहयोग उपलब्ध गराउनु भएको थियो।

गंगा पुन मगर लाई दिनु होला भनी सहयोग सामग्री उपलब्ध गराउदै रितेश फेसन हाउस का सञ्चालक लक्ष्मण बगाले थापा।

यसै गरि तुलसिपुर ५ ख लाइनमा फेन्शी पसल सञ्चालन गर्दै आइ रहेका शुभ लक्ष्मी फेन्शी हाउसका सञ्चालक रमेश रेग्मी ले २५ किलो चामल र १ लिटर खाने तेल गंगा पुन मगर लाई राहत सहयोग उपलब्ध गराउनु भएको थियो।

गंगा पुन मगर लाई दिनु भन्दै राहत सहयोग हस्तानतरण गर्दै शुभलक्ष्मी फेन्शी हाउसका प्रतिनिधि।

यस्तै हाल बैदेशिक रोजगारीको सिलसिलामा दुवइ मा रहनु भएका तुलसिपुर ३ दमारगाउ निवासी माधव गौतम ले ५ हजार रुपैयाँ सहयोग पठाउनु भएको छ।

गंगा पुन मगर लाई ५ हजार रुपैयाँ सहयोग दिने बैदेशिक रोजगारी का सिलसिलामा दुवइ मा रहनु भएका माधव गौतम।

गौतम ले पठाएको पैसा बाट एक थान ओढ्ने सिरक, सिरानी, दुई जोडा लाउने कपडा को सेट, तातो बर्की र १००० हजार रुपैयाँ नगद गंगा पुन मगर लाई दिइएको छ राप्ती पहिचान डटकमका कार्यकारी सम्पादक एग्गे बहादुर बुषा मगर ले हामी लाई बताए।

सहयोग सामग्री हस्तान्तरण गर्ने क्रम का अन्य फुटेज हरु।

गंगा पुन मगर लाई दिनु भनेर दाता हरुले उपलब्ध गराएको सहयोग सामग्री शान्तिनगर गाँउपालिका वडा नं ३ श्थित नेपाल रास्ट्रीय प्राथमिक बिद्यालय को प्रांगनमा एक कार्यक्रमको आयोजना गरी सहयोग सामग्री गंगा पुन लाई दिएका छौ बुढा ले अगाडी भने। सहयोग सामग्री रास्ट्रीय सभा सदस्य जगप्रसाद शर्माले पुन लाई हस्तानतरण गरेका थिए।

प्रतिक्रिया