देशभर १ हजार बढीमा कोरोना संक्रमण, १२ को मृत्यु।

काठमाडौं, २७ माघ । पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार २३८ रहेको छ भने कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया