स्थानिय लाई त्रसित पार्ने हरु प्रहरी नियन्त्रणमा।

तुलसीपुर । दाङमा स्थानीयलाई त्रसित पार्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ भ्युडरस्थित खाली गोठबाट आइतबार बिहान करिब ५ बजेतिर सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनकाअनुसार ती व्यक्तिहरुले मादक पदार्थ सेवन गरी पेस्टोल आकारको आगो बाल्ने लाइटरसहित धारिलो हतियार राखी स्थानीयलाई त्रसित पारेको भन्ने सूचनाको आधारमा खटिएको दाङ प्रहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ निवासी २५ वर्षीय सन्तोष बस्याल, सोही वडा निवासी १६ वर्षीय मनोज विक, २३ वर्षीय पोषण ओली, १७ वर्षीय विवेक बस्नेत, २१ वर्षीय अजिल मिया, वडा नं. ६ निवासी २१ वर्षीय केतु ओली र वडा नं. ९ निवासी १८ वर्षीय मोहन बस्नेत रहेका छन् ।

त्यस्तै उनीहरुको साथबाट प्रहरीले पेस्तोल आरको लाइटर एक थान, खुडा एक थान, हाँसिया तीन थान, बन्चरो एक थान बरामद गरेको छ । साथै उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया