प्युठान जिप दुर्घटनामा ज्यान गुमाउने हरुको पहिचान खुल्यो।

प्युठान। प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङबाट बेहुली लिएर गौंमुखी गाउँपालिका ६ लिवाङ जाँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु र उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिए ।

उक्त घटनामा परी मृत्यु हुनेमा गौमुखी गाउँपालिका ६ लिवाङका एकै परिवारका ३ जना ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् । त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, र १८ वर्षीया बिपना जिसी रहेका छन् ।

बसन्त खड्का र एलिसाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

दुर्घटनामा घाइते हुनेहरूमा दुलही रिमा जि.सी, साबित्रा जिसी, हरी बुढामगर, दुलहा दान बहादुर खड्का, नरेश खड्काको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । उक्त जीप करीव ३०० मिटर तल खसेको थियो।

प्रतिक्रिया