रमा बुढा मगर —–
तुलसिपुर माघ ९ / २०७८, नेपालको शासन ब्यबश्था र शासक हरुको प्रवृत्तीको ईतिहास हेर्ने हो भने एकले अर्को लाई परास्त गरे पछी वा सत्ताच्युत गरि सके पछी उसको पालामा भएका सबै खाले ईतिहास लाई सके सम्म समुल नस्ट पार्दै आइ रहेको देखिन्छ। यसैको चपेटामा पर्यो तुलसिपुर श्थित जुद्दशम्शेर जङ्ग बहादुर राणा को शालिक। दाङ्गको तुलसिपुर श्थित राप्ती
प्रादेशिक अस्पत्तालको स्वामित्वमा रहेको जग्गा,राप्ती प्रादेशिक अस्पतालको उत्तर पुर्वमा रहेको यो शालिक पछिल्लो समय मर्मत सम्भार र संरक्षण नपाउदा ढल्ने अवश्थामा पुगेको छ।
झण्डै ८ फिट अग्लो स्तंभ माथी ३ फिट जति अग्लो राणा शासन का १०औ प्रधानमन्त्री तथा श्री ३ जुद्दशमशेर जङ्ग बहादुर राणा को शालिक तत समयका सल्यानी राजा शमशेर बहादुर शाहले बिक्रम सम्बत १९९५ सालमा निर्माण गरेको कुरा शालिक राखिएको स्तम्भमा लेखिएको शिला लेखमा उल्लेख गरिएको छ।
किन भने अहिले राप्ती प्रादेशिक अस्पत्ताल रहेको ठाउँ मा सल्यानी राजाको दरवार थियो भने शालिक रहेको जमिन तत्कालिन सल्यानी राजा शमशेर बहादुर शाह को दरबार परिसरको जमिन हो।जुद्द्शमशेर राणाकालिन ९औ प्रधानमन्त्री श्री ३ भिमशमशेर राणाको मृत्यु पछी बिक्रम सम्बत १९८९ भदौ १७ गते देखि बिक्रम सम्बत २००२ मंसिर ४ गते सम्म नेपालको श्री ३ रहेका थिए भने जुद्दशम्शेर जङ्ग बहादुर राणा का भाइ धिरशमशेर राणा का १७ भाइ छोरा मध्य १५औ छोरा हुन।
जुद्दशमशेरको जन्म १९३२ साल बैशाखमा हाल भारतको काङ्गडा निवासी आमा जुहारी देवी उर्फ जुहार कुमारीको कोष बाट भएको कुरा इतिहासकार हरु बताउछन।
ईतिहास बाट शिक्षा हाँसिल हुने कुरा अकाट्य जस्तै भए पनी तुलसिपुर श्थित यो शालिक को अवश्था हेर्दा भावी पुस्ता लाई ईतिहास बाट शिक्षा हाँसिल गर्न माध्यम जोगाइदिने काम बाट कतै न कतै कोही न कोही पन्छेको कुरा देखा पर्दछ। शासन ब्यबश्था फेरिए पनि जुद्दशमशेर यो रास्ट्रका भुत-पुर्व प्रधानमन्त्री हुन भन्ने कुरा कहिल्यै फेर्न सकिन्न।
यस कारण पनि जुद्दशमशेर राणाको शालिक को संरक्षण हुन जरुरी देखिन्छ। शालिक को पछाडी बाट सानो प्वाल परी सकेको छ भने टाउको को भाग आधा नस्ट भइ सकेको छ। अझ रोचक कुरा के छ भने तुलसिपुर मा जुद्दशमशेर को शालिक छ भन्ने कुरा आम जनमानसले थाहै पाएका छैनन। राप्ती पहिचान डटकम का खोजी समाचारदाता मङ्गलसिङ घर्ती,
गृहराज घर्ती र रमा बुढा मगर ले तुलसिपुर क्षेत्रमा जुद्दशमशेर को शालिक छ कि छैन छ भने कहाँ छ भनी आम जनमानस लाई सोधनी गर्दा उनी हरु अचम्म मा परेर जुद्दशमशेर को शालिक छ र? भनेर उल्टै प्रश्न गरेका थिए। यसै सम्बन्धमा हामीले तुलसिपुर उपमहानगर का प्रमुख घनश्याम पाण्डे लाई प्रतिकृया माग्न फोन गर्दा उनको फोन उठेन भने प्रवक्ता सुर्य
बहादुर डाङ्गी ले जुद्दशमशेरको शालिक संरक्षण गर्ने नगर्ने बारे केही पनि प्रतिकृया दिन मानेनन। यसै बिषयमा दाङ्गका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सङ्ग प्रतिकृया माग्दा स्थानिय स्तरमा रहेका सम्पदा हरुको संरक्षण संवर्धन गर्ने काम स्थानिय सरकारको हो तर पनी मैले यो बिषयमा मेयर साहब सङ्ग कुरा राख्छु, उहाँले बताउनु भयो।
यसै बारेमा तुलसिपुर उपमहानगर का प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेल लाई प्रतिकृया माग्दा यो भन्दा अघि आफुले जुद्दशमशेरको शालिक यहाँ भएको कुरा थाहा नपाएको तर यो शालिक संरक्षण का बारेमा कार्यपालिका बैठकमा प्रस्ताव लैजाने कुरा बताउनु हुन्छ। मलाइ त जुद्दशमशेरको शालिक यहाँ भएको कुरा थाहा नै थिएन सके सम्म त्यो शालिक नस्ट हुन नदिन मेयर साहब सङ्ग कुरा गर्छु पौडेल ले अगाडी भन्नु भयो।
जुद्दशमशेर राणाकै पालामा कर्मचारी हरुको हकहित का लागि पेन्सन् दिने ब्यबश्था र हालको कर्मचारी सञ्चयकोष, तत समयमा सैनिक द्रब्यकोष का नामले स्थापना भएका थिए। जुद्दशमशेरले बिक्रम सम्बत १९९२ मा उद्योग परिषदको स्थापना गरेर रास्ट्रनिर्माण का लागी धमाधम उद्योग स्थापना गरेका थिए।, बिराटनगर जुटमिल बि सं १९९३मा उनले नै
स्थापना गरेका हुन। त्यसै गरि हालको कम्पनी ऐन उनकै पालामा कम्पनी कानुनका रुपमा १९९३ र १९९४ मा हालको नेपाल बैंक लिमिटेड को स्थापना उनकै पालामा भएको थियो। अझ अचम्म को कुरा हाल तपाईं हाम्रा गोजीमा रहने कागज का नेपाली नोट उनकै कार्यकाल बाट सदर मुलुकीखाना बाट छाप्न सुरु भएको हो भने कर्मचारी लाई तलब दिने ब्यबश्था पनी उनकै पाला बाट सुरु भएको हो।
यस्तै अहिलेको गोर्खापत्र रास्ट्रीय दैनिक उनकै पालामा रास्ट्रीय साप्ताहिक का रुपमा सञ्चालनमा ल्याइएको हो। उनको कार्यकालको ईतिहास मा सबै भन्दा नराम्रो काम भनेको बिक्रम सम्बत १९९७ सालमा राणा शासन बिरुद्द पर्चा छरेको आरोपमा पक्राउ परेका ४ जना शुक्रराज शास्त्री,धर्मभक्त माथेमा,दशरथ चन्द र गंगालाल श्रेस्ठ लाई मृत्यु दण्ड दिइएको थियो।
नेपाली जनता का अगाडी ईतिहास साक्षी छ नेपालको शासन ब्यबश्था सञ्चालन गर्ने ठाउँ सम्म पुगेका हरेक शासक हरुको ईतिहास मारकाट, रक्तपात बाटै आएको देखिन्छ तसर्थ राणा शासन कालका शासक हरुलाइ मात्रै निरंकुश को बिल्ला भिराएर उनी हरुको कार्यकालमा भएका राम्रा काम लाई
ओझेल पार्नु हुदैन र नेपालको शासन् को इतिहासमा दर्ज भएको राणा शासन काल का श्री ३ महाराज तथा नेपालका पुर्व प्रधानमन्त्री जुद्दशमशेर जङ्ग बहादुर राणाको शालिक लाई संरक्षण गर्नु पनी नेपालको ईतिहास लाई संरक्षण गर्नु हो।