
काठमाडौं २९ पुस २०७८,नौ वटा चुनढुंगा उद्योगलाई एक अर्ब २५ करोड रुपैयाँ बराबरको जरिवाना मिनाहा गराएको घटनामा तत्कालिन उद्योगमन्त्री लेखराज भट्ट र सचिव यामकुमार खतिवडासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ ।मन्त्री भट्टको कार्यकालमा खानी दोहन गर्ने नौ वटा उद्योगलाई एक अर्ब २६ अर्ब क्षतीपुर्ती भराउनुपर्ने प्रतिवेदन खानी तथा भूगर्भ विभागले दिएको थियो । त्यो प्रतिवेदन कार्यान्वायन नगरी छुट दिइएको हो ।
सिन्धुली र उदयपुरको सीमामा रहेको मारुती सिमेन्ट, उदयपुरस्थित उदयपुर मिनरल्स, धादिङको अन्नपूर्ण क्वारिज, रोल्पाको सोनापुर आयल एन्ड मिनरल्स, ललितपुरमा रहेको युनाइटेड सिमेन्टले अधिक उत्खनन गरेका थिए । त्यस्तै, पाल्पामा रहेका चार उद्योग सर्वाेत्तम सिमेन्ट, कञ्चन क्वारेज, डोलामोइट चुनढुंगा प्रालि र सिद्धार्थ सिमेन्टले त्यसरी छुट पाएका थिए