तुलसीपुरका चार जना कार्यपालिका सदस्य समाजवादीमा प्रवेश।

तुलसीपुर, २५ पुस । तुलसीपुर उपमहानगरपालिकाका दुई जना कार्यपालिका सदस्य नेकपा एकिकृत समाजवादी पाटीमा प्रवेश गरेका छन् । समाजवादी पाटी निकट युवा संघको आईतवार तुलसीपुरमा भएको भेलामा उनीहरु एमाले पाटी परित्याग गरी समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एमालेका संगठित सदस्यहरु जानका रेग्मी र डिला परियार समाजवादी पाटी प्रवेश गरेका छन् । उनीहरु दुवै जना तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य हुन् । यस अघि कार्यपालिका सदस्य दिपक कुमाल र चित्रा मल्ल समाजवादीमा समावेश भईसकेका छन् ।

नेकपा एमालेबाट कार्यपालिका सदस्य भएका उनीहरु चारै जना अहिले समाजवादी पाटीमा समावेश भएका छन् । पाटी प्रवेश गरेका नेताहरुलाई समाजवादीका केन्द्रिय सचिव भागवत विश्वासी, संघिय सांसद हिराचन्द्र केसी लगाएतका नेताले टिका लगाएर स्वागत गर्नु भएको हो । यस अघि एमालेबाट निर्वाचित तुलसीपुर १६ का वडा अध्यक्ष भुप बहादुर केसीले समाजवादी दल रोज्नु भएको थियो

प्रतिक्रिया