लुम्बिनी प्रदेश बाट ६ जनाको उम्मेद्वारी।

दाङ । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट ६ जनाले उम्मेद्वारी दिएका छन् । माघ १२ गते लुम्बिनी प्रदेशमा ३ सिटका लागि हुन लागेको निर्वाचनमा गठबन्धनबाट ३ जना र एमालेबाट ३ जनागरी ६ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

गठबन्धनबाट उम्मेद्वारी दिनेमा काँग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले रहेका छन् । युवराजको प्रस्तावकमा शंकर गिरी र समर्थकमा उपा थापा रहेका छन् । त्यस्तै गैरेको प्रस्तावकमा रमा घर्ती र समर्थकमानुमानन्द सुवेदी रहेका छन् भने विश्वकर्माको प्रस्तावकमा तारा जिसी र समर्थकमा तारा थापा रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यस्तै एमालेका तर्फबाट दाङका रामदयाल गुप्ता, बाँकेकी भारती उपाध्याय र गुल्मीका कृष्ण सुनारले उम्मेदवारी दिएका छन् । जसअनुसार उपाध्यायको प्रस्तावकमा कुलबहादुर केसी र समर्थक भुवनेश्वर पौडेल छन् । त्यस्तै गुप्ताको प्रस्तावकमा नरुलाल चौधरी र समर्थकमा घनश्याम पाण्डेय रहेका छन् भने सुनारको प्रस्तावकमा सीता सिक्देल न्यौपाने र समर्थकमा माया शर्मा रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । राष्ट्रियसभाको लागि लुम्बिनी प्रदेशमा रिक्त रहेको ३ सिटका लागि माघको १२ गते निर्वाचन हुँदैछ । लुम्बिनी प्रदेशमा २ सय ९६ मतदाता संख्या रहेको छ ।

प्रतिक्रिया