रमा बुढा मगर —–
तुलसीपुर पुस १६/ २०७८, स्वर्गिय श्रीमतीको सम्झनामा एक जनाले तुलसिपुर ५ मा अवश्थित बौद्द गुम्बा लाई बुद्दको मुर्ती सहयोग गरेका छन। यसो गर्नेमा तुलसिपुर ४ खाद्रे घर भइ हाल बेलायतमा बस्दै आइ रहेका चित्र बहादुर राना मगर हुन। राना ले आफ्नी स्वर्गीय पत्नी लक्ष्मी राना मगर को सम्झनामा यस्तो सहयोग गरेका हुन। स्वर्गीय पत्नी लक्ष्मी राना मगर को २०७७ साल पौष १६ गते आजकै दिन ५४ वर्षको उमेरमा उपचारको
क्रममा बेलायतमा मृत्यु भएको थियो। चित्र बहादुर राना मगर भुतपुर्व बेलायती सैनिक हुन भने उनी हाल बेलायतमा बस्दै आइ रहेका छन। राना ले तुलसिपुर ५ मा रहेको नेपाल मगर संघको नम:छु बौद्द गुम्बा लाई साढे ४ फिट अग्लो पित्तलको मुर्तीमा सुनको जलब चढाएर दान सहयोग गरेका हुन। स्वर्गीय लक्ष्मी राना मगर का ४ छोरा हरु सुमन राना मगर,सुधन राना मगर,लक्ष्मण राना मगर र किशोर राना मगर सन्तानको रुपमा
रहेका छन भने राना ले सहयोग गरेको बुद्द मुर्तीको बजार मूल्य ५ लाख ५५ हजार रुपैयाँ रहेको कुरा नेपाल मगर संघ तुलसिपुरका सचिव टिकाराम पुन मगर ले राप्ती पहिचान लाई बताए। बुद्दको मुर्ती बौद्द गुम्बा मा राख्नु अघि बजार परिक्रमा गराइएको थियो। स्वर्गीय लक्ष्मी रानाको तुलसिपुर श्थित घोराही रोडमा रहेको घर बाट बुद्द को मुर्ती सहित निस्केको
र्याली ले तुलसिपुरको बिरेन्द्र चोक, वि पी चोक हुँदै बाहिनी चोक बाट घुमाएर नम:छु बौद्द गुम्बामा लगेर मुर्ती राखिएको थियो।बुवाले आमाको सम्झनामा तुलसिपुर श्थित बौद्द गुम्बामा बुद्दको मुर्ती सहयोग गर्ने इच्छा जाहेर गरे पछी हामी ४ भाइ ले बुवाको इच्छा पूरा गरेका हौँ आमाको सम्झना गरेका हौँ चित्र बहादुर राना मगर तथा स्वर्गीय लक्ष्मी राना मगर का जेठा छोरा सुमन राना ले हामी सङ्ग भने। मुर्ती हस्तानतरण कार्यक्रममा
नेपाल मग बौद्द सेवा समाज लुम्बिनी प्रदेशका उपाध्यक्ष बलभद्र कुसारी मगर, नेपाल मगर बौद्द सेवा समाज दाङ्गका अध्यक्ष मणि बुढा मगर,नेपाल मगर संघ तुलसिपुर नगर इकाइ समितीका पुर्व अध्यक्ष वीर बहादुर बुढा मगर र बौद्ध गुम्बा निर्माण समितिका अध्यक्ष राज बहादुर घर्ती लगायत मगर समुदायको उपश्थिती रहेको थियो।
