‘गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर ऋषि परियारद्वारा मेची–महाकालीसम्म उल्टो हिँडेर अर्को किर्तीमानी बनाउने घोषणा’, यात्रा माघ १५ गतेदेखि सुरु हुने

गृह राज घर्ति पौष १४ दाङ

गिनीज बुक अफ वल्र्ड रेकर्ड होल्डर दाङ तुलपीपुर ३ का ऋषि परियारले माघ १५ गतेदेखि उल्टो हिँडेर मेची–महाकाली यात्रा गर्ने र अर्को किर्तीमानी कायम गर्ने भएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो फरक क्षमता देखाएर विश्वसामु देशको नाम राख्ने उद्देश्यले आफुले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो हिँड्ेर यात्रा गर्न लागेको जानकारी दिएका हुन् ।

आफुले सुरु गर्न लागेको उक्त अभियान सफल बनाउनको लागि पनि उनले सबैलाई साथ र सहयोग गर्नसमेत आग्रह गरेका थिए । ‘पैसामात्र सहयोग हुन्छ भन्ने होइन्, यात्राको क्रममा मलाई बस्ने बासदेखि खानाको सहयोग पनि गर्न सक्नुहुन्छ, त्यसको लागि मेरो फोन नम्बर ९८६८६२७८९९ मा सम्पर्क गर्न सक्नुहुन्छ’–उनले भने । साथै, उनले सहयोग गर्न चाहनेहरुले आफ्नो ‘ऋषि परियार’ नामक फेसबुकमार्फत पनि जोडिन सक्ने बताए ।

यस्तै, उक्त अभियानको क्रममा सुरक्षाको लागि गृह मन्त्रालयले व्यवस्था गरेको पनि जनाए । यसअघि उनले सन् २०२०मा ‘दी मोस्ट जम्पीङ ज्याक्स इन् वान मिनेट’ को टाईटलमा गिनीज बुकमा नाम लेखाईसकेका छन् । उनले अब सुरु गर्ने उल्टो हिँडाईले पनि गिनीज बुकमा नाम दर्ज गराउन चाहेको उल्लेख गरे ।

पुर्वको मेची पुलदेखि पश्चिमको कञ्चनपुरसम्म उनले आफ्नो यात्रा गर्ने छन् । यो यात्रा एक हजार २७ किलोमिटर रहेको भन्दै उनले आफ्नो यात्रा अवधि दुई महिनाको हुने पनि जनाए ।

प्रतिक्रिया