भ्याट सहित २ सय ५० रुपैयाँ पर्ने ज्याकेट २ हजार ५ सयमा बेच्दै व्यापारी, निरीह तुलसिपुर कर कार्यालय,ठगीदै नागरिक,हाकाहाकी कर छली गर्दै व्यापारी।

मङ्गलसिङ घर्ती घोराही/गृहराज घर्ती तुलसिपुर बाट।

तुलसिपुर २०७८ मंसिर ८, व्यापारी हरुले बजारमा हामी लाई आवश्यकता पर्ने सामान आयात गरेर बिक्री गर्न राखेका हुन्छन। हामी गएर आफुलाइ आबश्यकता परेको सामान किनेर लैजाने गर्दछौ। सामान किन्दा व्यापारी ले तोकेको मुल्य सहजै स्विकारेर पैसा तिर्ने गरेका हुन्छौँ। तर हामीले यो कुराको कहिल्यै खोजी गर्दनौ कि आफुले किनेको सामानको वास्तविक परल मूल्य कति हो र सामान बेच्ने ब्यापारीले हामी बाट कति मुनाफा कमाइ रहेको छ भनेर।

यस बारे खोजीनिती गर्न राप्ती पहिचान डटकमले ४ महिना लगाएर गुप्त रुपमा अनुसन्धान र सुचना संकलन गरेको थियो। सुचना संकलन गर्दै गर्दा झट्ट सुन्दा पत्यार नलाग्ने तर सत्य प्रमाण हरु फेला परेका छन।कानुन अनुसार व्यापारी हरुले बिक्री गर्न राखेका सामानको मूल्य आफुले खरिद गरेको मूल्य भन्दा२० प्रतिशत सम्म बढाएर बिक्री गर्न पाउने ब्यबश्था छ।

त्यो भन्दा बढी मूल्य बढाएर सामान बिक्री गरेको पाइएमा कालाबजारी गरेको कसुरमा व्यापारी लाई कारवाही हुने ब्यबश्था पनि छ।तर त्यसको खिल्ली इडाउदै व्यापारी हरुले आफुले खरिद गरेको मूल्य भन्दा १०० प्रतिशत हैन २०० प्रतिशत हैन ३०० प्रतिशत पनि हैन ९०० प्रतिशत सम्म बढाएर भ्याट सहित २ सय ५० रुपैयाँ पर्ने ज्याकेट २ हजार ५ सय रुपैयाँमा बेची रहेको तथ्य फेला परेको छ। सुन्नुस अडियो टेप।

तुलसिपुर चेम्बर अफ कमर्स का अध्यक्ष टोप बहादुर घर्ती सङ्ग गरिएको कुराकानीमा आधारित अडियो टेप रोल।

उनका अनुसार यस्तो चलन कुनै एउटा ठाँउमा मात्रै नभइ रास्ट्रै भरी रहेको छ। राप्ती पहिचानले गुप्त सुचना संकलन गर्दा अर्को एउटा तथ्य फेला पारेको छ । आफुले सामान बेच्दा ग्राहक बाट असुलेको मूल्य राखेर बिल काटेमा कालो बजारी गरेको कसुरमा आफुलाइ सजाय हुने डरले व्यापारी हरुले वास्तविक ग्राहक लाई बिल नदिने, पछी आफू खुशी कम मूल्य राखेर अन्य कुनै ब्यक्तीको नाममा बिल काटेको देखाएर आफुले बढाएर बेच्दा बढेको मूल्य को मूल्य अभिबृद्दी कर छली गर्दै आइ रहेको तथ्य पनि फेला पारेको छ। सुन्नुस अडियो टेप रोल।

तुलसिपुर बिरेन्द्र चोक मा धर्म भाँडा पसल सञ्चालन गर्दै आइ रहेका मङ्गल प्रसाद कसौधन सङ्ग गरिएको कुराकानीमा आधारित अडियो टेप रोल।

उनको भनाइ अनुसार सबै जसो व्यापारी हरुले आफुले बढाएको मूल्य अनुसार को भ्याट छली गर्न कै लागि वास्तविक ग्राहक लाई बिल दिदैनन र यदी कुनै व्यापारी ले २० प्रतिशत मात्रै मूल्य बढाएर सामान बेचेको भएपनी २० प्रतिशत अभिबृदी गरिएको मुल्यको भ्याट छल्न का लागी वास्तविक ग्राहक लाई बिल नदिएर पछी अन्य कुनै मानिसको नाम राखेर ५ प्रतिशत मात्रै मूल्य बढाएको बिल काटेर भ्याट छल्दै आइ रहेका छन।

व्यापारी हरुको यही कर्तुत लाइ रोक्न नेपाल सरकार ले मूल्य अभिबृद्दी कर ऐन २०५२ को दफा २९ मा सामान खरिद गरे पछी ग्राहक लाई बिल नदिने व्यापारी लाई पटक्कै पिच्छे १० हजार रुपैयाँ जरिवाना हुने ब्यबश्था गरेको भए पनि कार्यन्वयन गराउने निकाय आन्तरिक राजश्व कार्यालय तुलसिपुर आँखा चिम्लेर बसेको छ।यो समाचार लेख्दा सम्म ग्राहक लाई बिल नदिने व्यापारी कुनै एक जना लाई पनि यो कार्यालय ले जरिवाना गरेको पाइएन।

गुप्त सुचना संकलन टिमले एउटा अर्को अनौठो प्रमाण फेला पारेको छ त्यो हो व्यापारी हरुले कर छल्न एउटै सिरियल नम्बरका दुई वटा ठेली भ्याट बिल छपाउने गरेको तथ्य। प्राय भ्याटमा दर्ता भएका व्यापारी हरुले एउटै सिरियल नम्बर का दुई ठेली भ्याट बिल छपाउन आउने गर्दछन नाम नबताउने शर्तमा एक छापाखाना सञ्चालन गर्दै आइ रहेका छापा ब्यबशायी ले गुप्त सुचना संकलन टिमलाइ बताए।

व्यापारी का यी र यस्ता कर्तुत लाई नियमन गर्ने निकाय दाङ जिल्लाको घर भित्र रहेको तुलसिपुर श्थित आन्तरिक राजश्व कार्यालय आँखा चिम्लेर निदाएर बसेको पाइएको छ। उ खाएर निदाएको हो या डराएर निदाएको हो त्यसको अनुसन्धान गर्ने काम राप्ती पहिचान डटकम ले सुरु गरि सकेको छ।

प्रतिक्रिया