रमा बुढा मगर-====
तुलसिपुर मंसिर १/२०७८, उत्कृस्ट कार्यसम्पादन गरेको मुल्याङ्कन अनुसार तुलसिपुर श्थित आन्तरिक राजश्व कार्यालय नेपालकै उत्कृस्ट आन्तरिक राकश्व कार्यालयको रुपमा छनौट भयो र उत्कृस्टताको प्रमाण पत्र पनी पायो। तर तुलसिपुर श्थित आन्तरिक राजश्व कार्यालय लाई नजिक बाट हेर्ने हो भने कार्यालय ले त्यो खालको प्रमाण पत्र पाउने खालको काम नगरेको पाइएको छ।
दाङ तुलसिपुर बजारको अगाडि रहेको कर कार्यालय् ले आफ्नै अगाडि पसल थापेर बसेका व्यापारी हरु बाट सामान किन्ने नागरिक(ग्राहक) हरु पल पल ठगिइ रहेको कुरा लाई अनदेखा गरेको पाइएको छ। राप्ती पहिचान डटकमले गएको असार देखी कार्तिक महिना भरी लगाएर दाङका घोराही लमही र तुलसिपुर बजारमा गरेको अनुसन्धानले यस्तो तथ्य फेला पारेको हो।अनुसन्धानको क्रममा व्यापारी हरुले सामान बेच्दा वास्तविक ग्राहक लाई बिल नदिने सामान बेच्दा अत्यधिक मूल्य अभिबृद्दी गरि बिक्री गर्ने तर पछी गएर कुनै एउटा नाम गरेको मानिसको नाममा अत्यन्त न्यून मुल्य अभिबृद्दी गरेको बिल काटेर कर छली गर्ने गरेको तथ्य पनी अनुसन्धान टिमले फेला पारेको छ।
यसरी छल्छन व्यापारी हरुले कर।
मानौ कुनै व्यापारी ले १ करोडको सामान आयात गरेर बजारमा बिक्री गर्छ। बिक्री गर्दा कम्तिमा २० प्रतिशत नाफा कमाएर बेच्दा १ करोडको २० प्रतिशत का दरले हुन आउने मूल्य अभिबृद्दी गरिएको रकम २० लाख हुन आउँछ। अब व्यापारी ले २० लाखको १३ प्रतिशत का दरले मूल्य अभिबृद्दी गरेको कर तिर्नु पर्दा २० लाखको १३ प्रतिशतले हुन आउने वास्तविक भ्याट रकम २ लाख ६० हजार हुन्छ भने व्यापारी हरुले कर छली गर्न वास्तविक ग्राहक लाई बिल नदिएर पछी अन्य कुनै
मानिसको नाममा बिल काट्दा ५ प्रतिशत मात्रै मूल्य अभिबृद्दी गरेको बिल काटेर २ लाख ६० हजार कर तिर्नु पर्ने मा १ करोडको ५ प्रतिशत बाट हुन आउने भ्याट रकम ५ लाख बराबरको मूल्य अभिबृद्दी गरेको देखाएर ५ लाखको १३ प्रतिशतले हुन आउने भ्याट रकम ६५ हजार मात्रै कर तिरेको वास्तविक तिर्नु पर्ने रकम २ लाख ६० हजार बाट ६५ हजार मात्रै कर तिरेर १ लाख ९५ हजार कर छल्ने गरेको पाइएको छ।
यसरी त कानुन अनुसार २० प्रतिशत भन्दा बढी मूल्य बढाएर सामान बिक्री गरेको पाइएमा काला बजारी गरेको आरोपमा बयापारी लाई कार्वाही हुने ब्यबश्था राज्यले गरेको छ तर राप्ती पहिचान डटकमको गुप्त सुचना संकलन टिमले फेला पारेको एउटा अनौठो प्रमाणले व्यापारी हरुले सामान बेच्दा १०० प्रतिशत हैन २०० प्रतिशत हैन ६ हजार प्रतिशत सम्म मूल्य अभिबृद्दी गरेको प्रमाण फेला पारेको छ। यश बिषयमा तुलसिपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्तीको भनाइले पनि यही कुरा पुष्टि हुन्छ।
गुप्त सुचना संकलन टिम ले घोराही र तुलसिपुर बजारमा प्रमाण जुटाउन भ्याटमा कारोबार गरि रहेका कपडा पसले सङ्ग २७ हजार रुपैयाँको कपडा किनेको थियो। पाइन्ट र कोटको कपडा किन्दा मोल मोलाइ गरेको सुचना संकलन टिमले किन्न खोजेको कपडा ७५० रुपैयाँ मिटर सम्म दिन सकिने भनेका व्यापारी सङ्ग कपडा किनी सके पछी भ्याट बिल माग्दा २६५ रुपैयाँ मिटरका दरले भ्याट बिल दिए तर पैसा ७५० रुपैयाँ मिटरका दरले नै बुझे सुचना संकलन टिम लिडर बताउछन। यसै गरि तुलसिपुर
बजारमा भाँडा पसल सञ्चालन गर्दै आइ रहेका व्यापारी सङ्ग पनी गएको तिहार को समयमा सुचना संकलन टिम ले किनमेल गरेको थियो। भाँडा किनि सके पछी ब्यापारीले भने बमोजिम मुल्यको भ्याट बिल मागे पछी ब्यापारीले आफुले भने बमोजिमको मुल्यको भ्याट बिल दिन नसक्ने भन्दै ठाडै म तपाईं लाई भाँडा बेच्दैन भनेका थिए। यसै गरि व्यापारी हरुले कर छली गर्ने अर्को माध्यम हो स्टक देखाउन पाउने माध्यम।
सरसरती हेर्दा व्यापारी हरुले सामान आयात गरेर त्यो सामान बिक्री गरि सके पछी आफुले अभिबृद्दी गरेको मुल्यको १३ प्रतिशतले हुन आउने रकम भ्याट तिर्नु पर्ने प्रावधान छ तर सामान बिक्री गरि सके पछी पनि वर्षौ सम्म मेरो माल बिक्री भएको छैन भन्दै कागजमा स्टक देखाएर कर बाट उम्किने गरेको पनि पाइएको छ। यस्तै सुचना संकलन टिमले एउटा अर्को महत्वपुर्ण तथ्य पत्तो लगाएको थियो। त्यो हो चाहे जो सुकै व्यापारी होस प्रत्यक व्यापारी सङ्ग अन्डर बिल बाट
ल्याइएको सामान भरी भराउ भएको तथ्य। तुलसिपुर घोराही बजारमा भ्याटमा दर्ता भएका व्यापारी सङ्ग सामान किनी सके पछी भ्याट बिल माग्दा ब्यापारीले आफू सङ्ग यो सामानको स्टक नभएको भन्दै सामान लिएमा बरु अलि मिलाएर दिने प्रस्ताव राखेका थिए तर उनको पसलमा सामान भने भरीभराउ देखिन्थ्यो। व्यापारी हरु ले बिना बिलको सामान आयात गरेर बजारमा बेची रहेको कुरा यश बाट प्रस्टै देखिन्छ। यही बिषयमा राप्ती पहिचान डटकम का कार्यकारी सम्पादक एग्गे बहादुर बुढा सङ्गको कुराकानीमा तुलसिपुर उद्योग वाणिन्ज्य संघ का अध्यक्ष रामप्रसाद चालिसे ले घुमाउरो भाषामा अन्डर बिलको सामान आउने गरेको कुरा स्विकार गरेका छ्न।
अनुसन्धानको क्रममा फेन्सी पसल, मोबाइल पसल, कपडा पसल, भाँडा पसल र हार्डवेयर पसल सञ्चालक हरु ले अस्वभाविक चर्को मुल्य अभिबृद्दी गरि सामान बेचेर नागरिक हरुलाइ आर्थिक मारमा पारेको भेटिएको छ। सामान किनी सके पछी बिल नदिने व्यापारी लाई पटक्कै पिच्छे १० हजार रुपैयाँ करिवाना हुने ब्यबश्था मूल्य अभिबृद्दी कर ऐन २०५२ को दफा २९ मा ब्यबश्था छ तर बजारमा कुनै पनि व्यापारी ले सामान किनी सके पछी ग्राहक लाई बिल दिदैनन भने कार्यन्वयन गर्ने निकाय आन्तरिक राजश्व कार्यालय तुलसिपुर भने निरीह जस्तै भएर रमिते बनेको छ।
यो समाचार लेख्दा सम्म बिल नदिने व्यापारी हरुलाइ जरिवाना गर्ने काम तुलसिपुर श्थित कर कार्यालय बाट नभएको पाइयो। कर कार्यालयको यही कम्जोरीको फाइदा उठाउदै व्यापारी ले भने अस्वभाविक मूल्य अभिबृद्दी गर्ने लगायत अभिबृद्दी गरेको मुल्यको सही भ्याट समेत नतिर्ने गरेको पाइयो। आफ्नो कार्यकालमा बिल नदिने एकजना ब्यापारी लाई पनि जरिवाना नगरेको कुरा आन्तरिक राजश्व कार्यालय तुलसिपुरका प्रमुख कर अधिकृत गोपीकृष्ण कोइराला स्विकार्छन। कतै निल नदिएर कर छली गर्दै गरेको र कतै स्टक बिजक बिल नै नभएको सामान बेची रहेका छन व्यापारी हरुले।