मेयर घनश्याम पाण्डे र वडा अध्यक्ष वि क द्वारा राउटे जाती लाई आर्थिक सहयोग।

रमा बुढा मगर-======

सल्यानको बनगाड कुपिन्डे नगरपालिका को जङ्गलमा बस्दै आइ रहेका राउटे जाती लाई तुलसिपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डे ले राहत सहयोग दिएका छन। हामी दाङ्गमा हुदा तुलसिपुरको ठूलो मान्छे अर्कै थिए अहिले नयाँ आएका छन भन्ने सुनेर आफुलाइ भेट्न सल्यान देखि दाङ्ग आएका राउटे सहायक मुखिया हरी बहादुर शाही लाई पाण्डे ले राहत सहयोग

गरेका हुन। भेटघाट भइ सके पछी पाण्डेले के दिम तपाईं हरुलाइ भनेर सोधे पछी मुखियाले महिलाहरुको गुन्यु चोलो फाटेको छ त्यो दिनु पर्‍यो भने पछी मेयर पाण्डेले २५ हजारको गुन्यु चोलो र ५ हजार रुपैयाँ बाटो खर्ची तत्काल राउटे जाती लाइ उपलब्ध गराउनु भन्ने आदेश दिए पछी लत्ता कपडा र बाटो खर्ची ५ हजार रुपैयाँ राउटे मुखियाले बुझी लग्नु भएको छ

तुलसिपुर उपमहानगरका प्रेस संयोजक ओपेन्द्र बस्नेतले राप्ती पहिचान लाई बताए। बनगाड कुपिन्डे नगरपालिका को सल्लिबजार आसपास अ स्थाइ बसोबास गरि रहेका राउटे जातीका मुखिया ८ गते साँझ तुलसिपुर बजार आइ पुगेर मलाइ फोन गरि आफू हरु दाङ्ग आएको कुरा बताए पछी आफुले उनी हरुको बस्ने खाने र मेयर साहब सङ्ग भेट्ने ब्यबश्था मिलाएको हुँ मेयर साहबले भेटे पछी लत्ता कपडा र नगद सहयोग गर्नु भयो

राउटे लोपौन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिस्ठान नेपालका उपाध्यक्ष एग्गे बहादुर बुढा मगर ले हामिलाइ बताए। यस्तै राउटे मुखिया हरी बहादुर शाही ले हामी दाङ्ग आउदा बस्ने ठाँउका अध्यक्ष लाई पनि भेटाइदिनु पर्‍यो भनेर माग राखे, मैले तुलसिपुर उपमहानगरपालिका वडा नं ३ का अध्यक्ष वीर बहादुर वि क बिजय लाई फोन गरेर भेटघाटको समय माग्दा उनी आफै राउटे मुखिया भेट्न तुलसिपुर बजार आए बुढाले अगाडि भने।

राउटे मुखिया हरी बहादुर शाही लाई तिहार खर्च १० हजार रुपैया दिदै वडा नं ३ का अध्यक्ष वीर बहादुर वि क (बिजय)

राउटे मुखिया भेट्न तुलसिपुर आएका वि क ले तिहार खर्च भन्दै १० हजार रुपैयाँ दिनु भएको थियो।सहयोग रकम बुझ्दै शाही ले वि क लाई हामी तुलसिपुर क्षेत्रमा बस्न आउदा तपाइकै जङ्गलमा बस्ने गर्‍याको छौ त भने पछी वि क ले तपाईं हरु अब छिट्टै हाम्रो गाउमा आउनुस म तपाईं हरुलाइ बस्ने घर बनाइदिन्छु भनेका थिए।

राउटे जाती दाङ्गको तुलसिपुर आसपास बसोबास गर्दा तुलसिपुर उपमहानगरपालिका को वडा नं ३ को ठुलासम्मा, बहराखाली बल्ले कल्ले किमगैरा र तुलसिपुर १ को रानिटाकुरा को जङ्गलमा बस्ने गरेको पाइएको छ।

प्रतिक्रिया