
रमा बुढा मगर-===
सुर्खेत १६ असोज २०७८, छोरी सम्झना शाही बलात्कृत भएको थाहा पाएका सम्झना शाहीका बाबू रतन बहादुर शाही ले पहिलो पटक घटना बारे संचारमाश्यममा प्रतिकृया दिएका छन। हाम्रो छोरी लाई भुलके गाँउका केटा हरुले जबर्जस्ती नराम्रो काम गरेछ्न, नराम्रो गर्ने केटा हरु लाई पुलिसले समातेको रहिछ भरखर भरखर थाहा भयो शनिवार राउटे
लोपौन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिस्ठान नेपाल का केन्द्रीय उपाध्यक्ष तथा राप्ती पहिचान डटकम का प्रकाशक एग्गे बहादुर बुढा सङ्गको कुराकानीमा शाही ले भने। त्यो घट्ना अलि पहिल्यै घटेको रहिछ हामी लाई अहिले थाभो उनी हरुलाइ सजाय हुनै पर्छ राउटे जाती लाई त्यस्तो नराम्रो गर्ने मान्छेलाइ नेपाल सरकारले सजाय दिनु पर्यो नत्र हाम्रो मुखियाले सजाय दिन्छ शाहीले भने।
अनुहार हेर्दा अचम्म तनावमा देखिने शाही ले घटना बारे तपाईं लाई पहिल्यै थाहा रै छ हामी लाई किन नभनेको? भनेर बुढा सङ्ग गुनासो पोखे। त्यो सरकारी अड्डा कहाँ छ हामी लाई त्यहाँ पुर्याइ दिनु पर्यो, हामी लाई हाकिम सङ्ग भेट गराइदिनु पर्यो हामी हाकिम सङ्ग कुरा गर्छौ उनले आक्रोशित हुँदै भने।
यता यही बिषयमा प्रतिकृया माग्दा जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका सहायक जिल्ला न्यायाधिवक्ता चन्द्र बहादुर खत्री ले मुद्दा सुनुवाइको प्रकृयामै रहेको कुरा बताए।

घटनामा संलग्न भएका तीन जना प्रतिवादी हरुलाइ प्रहरीले समातेर म्याद थप्न यस कार्यालयमा उपश्थित गराए देखि नै हामी सकृय रुपमा यो मुद्दाको बारे छानबिन अनुसन्धान गर्ने कार्यमा छौँ, पिडित हरु परिवर्तित नाम छिन्छु ६४ ष ४ लाई चोमन बहादुर घर्ती ले, भुपेन्द्र बुढा ले परिवर्तित नाम छिन्छु ६४ ष लाई बलात्कार गरेको र होटेल सञ्चालक मिलन भन्ने मन बहादुर पुन लाइ मतियार भएको खुल्ने गरी निज हरुलाइ ऐनमा ब्यबश्था भए बमोजिम सजायको माग गर्दै सम्मानित जिल्ला अदालत सुर्खेतमा आरोप पत्र दायर भएको छ खत्री ले भने।
२०७८ साल जेठ २१ गते जिल्ला सुर्खेत गुर्वाकोट नगरपालिका वडा नं ९ भुल्के का चोमन बहादुर घर्ती र सोही ठाउँ निवासी भुपेन्द्र बुढा ले राउटे युवती हरु लाई ललाइ फकाइ गरि बोटेचौर श्थित शुभकामना होटेलमा पुर्याएर जबर्जस्ती करणी गरेको भिडोयो सामाजिक संजालमा भाइरल भएको थियो।
जङ्गलमा फिरन्ते जीवन बिताइ रहेका राउटे युवती हरु लाई समेत बलात्कारको सिकार बनाउने अपराधी हरु बिरुद्द आफुले कानुनी लडाइ लडी रहेको कुरा राउटे लोपौन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिस्ठान नेपाल का अध्यक्ष सत्यदेवी अधिकारी खडकाले राप्ती पहिचान डटकम लाई बताइन। हाम्रो प्रतिस्ठानको केन्द्रीय उपाध्यक्ष एग्गे बहादुर बुढा र लुम्बिनी प्रदेश समितीका पदाधिकारी हरुले प्रत्यक्ष यो मुद्दा हेरी रहेका छन उनले अगाडि भनिन। जङ्गलमा फिरन्ते जीवन बिताइ रहेका राउटे जातीका युवती लाई बलात्कारको सिकार बनाउने बिरुद्द राप्ती पहिचान डटकम ले सदैव कलम चलाइदेओस उनले अगाडि भनिन।