
रमा बुढा मगर-===
तुलसिपुर असोज ६ / २०७८ तुलसिपुर ३ को बिकट बस्ती हरुमा अज्ञात खालको भाइरल ज्वरो फैलिइएको छ। ३ नं वडाको बल्ले, आम्बास, प्रतापकोट,टुनापानी, थापापानी गैरानाउला बोहरागाउ सिस्नेरी क्षेत्रमा अज्ञात खालको भाइरल ज्वरो को प्रकोप देखिएको हो।
अज्ञात खालको भाइरल ज्वरो बाट बालबालिका बढी प्रभावित भएका छन भने बिद्यालय ३ दिनका लागि बन्द गरिएको छ। ३ नं वडाको माध्यामिक बिद्यालय प्रतापकोट बन्द गरिएको छ। बिद्यालयमा अध्ययनरत २३४ जना बालबालिका हरु मध्य अधिकांस बालबालिका लाई यो रोगले भेटाए पछी बिद्यालय ३ दिनका लागि बन्द गर्ने निर्णय
गरेका छौ बिद्यालय ब्यबश्थापन समितिका अध्यक्ष लिलामणी बाँठा ले राप्ती पहिचान लाई बताए।उनका अनुसा कक्षा १ देखि १० कक्षा सम्मका झन्डै १५० जना जती बालबालिका अज्ञात खालको भाइरल ज्वरो बाट प्रभावित भए पछी आफू हरुले यस्तो निर्णय गरेको कुरा बताउछन।
म पनि ज्वरो बाट थलिएको छु बिद्यालयका सबै शिक्षक साथी हरुलाई ज्वरो आएको छ त्यसैले पहिलो चरणमा ३ दिन बिद्यालय बन्द गर्ने निर्णयमा पुगेका हौँ बिद्यालयका प्रधानाध्यापक फस्ट बहादुर रानाले हामी सङ्गको कुराकानीमा बताए। अत्यधिक ज्वरो आउने, शरीर दुख्ने, नाक बाट सिंगान बग्ने, वाकवाकी लाग्ने, कसै कसै लाई रिङ्टा लाग्ने र शरीर काँप्ने लक्षण सहित विद्यार्थी थलिन थाले पछी ३ दिन
बिद्यालय बन्द गर्ने निर्णय भएको हो बिद्यालयका शिक्षक सुरेन्द्र बुढा बताउछन। तीन चार दिनमै यो रोग ह्वात्तै फैलियो हाम्रा बालबालिका पनी बिरामी परेका छन प्रतापकोट का पुर्ण बहादुर वली बताउछन। कोरोना भाइरस सङ्ग मिल्दो जुल्दो लक्षण भएको अज्ञात खालको भाइरल ज्वरो हाल वडा नं ३ को साविक ७ का सबै गाउँ बस्ती हरुमा देखिएको छ।
बालबालिकामा देखिएको भाइरल ज्वरो रोकथाम गर्न मेयर घनश्याम पाण्डे र स्वाश्थ्य महाशाखा प्रमुख ओम प्रकाश न्यौपाने लाई फोन गर्दा फोन उठाउदैनन एक स्थानिय ले नाम नबताउने शर्तमा भने।

यता तुलसिपुर स्वाश्थ्य महाशाखा प्रमुख ओम प्रकाश न्यौपाने ले रोग नियन्त्रण गर्न तत्काल कदम चाल्ने कुरा बताउछन। कोरोना सङ्ग मिल्दो जुल्दो लक्षण भएको अज्ञात खालको भाइरल ज्वरो फैलिएको खबर आएको छ आजै स्वाश्थ्य महाशाखा बाट स्वाश्थ्य कर्मी सहित म आफै प्रभावित क्षेत्रमा जान हिडी सकेको छु उनले अगाडि भने।
रोग प्रभावित क्षेत्रमा तत्काल औषधि सहित स्वाश्थ्य कर्मी पठाउने ब्यबश्था मिलाएका छौँ स्वाश्थ्य कर्मी हरुको टोली प्रभावित क्षेत्रमा जानका लागी हिड्न तयार छ कसैलाइ केइ हुन दिदैनौ तुलसिपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डे ले राप्ती पहिचान लाई बताए।
रोग फैलिएको बारेमा जनताले तपाईं लाई हिजो नै जानकारी गराउन खोज्दा फोन उठेन भन्ने गुनासो छ नी भन्ने हाम्रो प्रश्नमा म अरु काम मा ब्यस्त थिए आज बिहान मात्रै जानकारी पाएको छु जानकारी पाउँद बित्तिकै सबै तयारीका साथ स्वाश्थ्य कर्मी पठाउने ब्यबश्था मिलाएको छु पाण्डे ले भने।
कोरोना महामारीका कारण गएको बैषाख १७ गते देखि बन्द भएको बिद्यालय खोलेको केही दिनमै अज्ञात रोग फैलिए पछी पुन: बन्द गरिएको छ।