रमा बुढा मगर–=====
तुलसिपुर २२ भदौ २०७८, हिन्दु नारी हरुको विशेष धार्मिक पर्व हरितालिका तिज पर्वको अवसरमा विभिन्न प्रतिस्ठित ब्यक्ती हरुले हिन्दु नारी हरुलाइ शुभकामना दिनु भएको छ। शुभकामना दिने हरुमा रुद्रान्स ट्रेड सेन्टरका प्रोप्राइटर धर्मेन्द्र बैश्य ले २०७८ सालको हरितालिका तिजको अवसरमा नेपाली हिन्दु नारी हरुमा हार्दिक मंगलमय शुभकामना टक्र्याउदछु भनी लेख्नु भएको छ।
त्यसै गरि शुभकामना दिने हरुमा तुलसिपुर बजारको सल्यान रोडमा एन एस कस्मेटिक सेन्टरका संचालिका गिता अधिकारी ले २०७८ सालको तिज पर्व कम खर्चिलो तरिकाले मनाउन भन्नू भएको छ। सकभर यो वर्षको तिज घरमै बसेर मनाउन आग्रह गर्नु भएको छ।
त्यसै गरि हरितालिका तिजको अवसर पारेर शुभकामना दिनु हुने तुलसिपुर उपमनपा जिन्सी शाखा प्रमुख मस्त बहादुर थापाले कोरोना महामारी नहटी सकेकाले दिदी बहिनी आमा हरुले सकभर घरमै बसेर तिज मनाउन अनुरोध गर्नु भएको छ। महिला हरु को महान चाड हरितालिका तिजको अवसरमा सम्पुर्ण हिन्दु नारी हरुमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु थापाले अगाडी भन्नू भयो।
यसै गरि हिन्दु नारी हरुको महान पर्व हरितालिका तिजको शुभकामना दिनुहुने तुलसिपुर उपमहानगरपालिका का शाखा अधिकृत काजु शर्माले नेपाली हिन्दु नारी हरुमा हरितालिका तिज पर्वको शुभकामना दिनु भएको छ। देश विदेश जहाँ जस्तो अवश्थामा भए पनी हिन्दु नारी हरुको चाड तिज पर्व हाँसी खुशी मनाउनु होला शर्मा ले राप्ती पहिचान मार्फत भन्नू भयो।
यस्तै शुभकामना दिदै तुलसिपुर उपमहानगरपालिका को सहकारी तथा रोजगार शाखाका शाखा अधिकृत ललित बहादुर घर्तीले महिला हरुको महान चाड तिज पर्वको अवसरमा शुभकामना ब्यक्त गर्नु भएको छ। गाउँ गाउमा सहकारी घर घरमा भकारी हाम्रो सहकारी अभियानमा जोडिनका लागि सम्पुर्ण तुलसिपुर उपमहानगर का दिदी बहिनी हरुमा अपिल समेत गर्नु भएको छ। तपाइको घर देखि बैंक टाढा हुन सक्छ तर सहकारी हजुरको घर छेउमै छन, सहकारीमा मासिक वचत गर्ने गर्नुस त्यो वचत अर्को वर्षको तिज मनाउन काम लाग्न सक्छ घर्ती ले राप्ती पहिचान मार्फत भने।
यस्तै तुलसिपुर ५ मा किराना पसल सञ्चालन गर्दै आउनु भएका रहिम उल्ला स्टोरका प्रोप्राइटर साना अन्सारी ले हिन्दु नारी हरुको महान चाड तिज पर्वको अवसरमा हिन्दु नारी हरुलाइ शुभकामना सन्देश दिनु भएको छ। हाम्रा धार्मिक पर्व हरु सबैका साझा संस्कार हुन यसैले तिज पर्वलाइ साझा संस्कारको रुपमा मनाउन आफ्ना महिला हरु पनि तयार रहेको कुरा अन्सारीले बताउनु भयो।
त्यस्तै तुलसिपुरमा सुन चाँदी ब्यबशाय सञ्चालन गर्दै आएका धन लक्ष्मी ज्वेलर्स का संचालक ले पनि महिला हरुको महान चाड तिज पर्वको अवसरमा शुभकामना ब्यक्त गर्नु भएको छ।
यस्तै सुशील फेन्सी स्टोर का संचालक टोप बहादुर घर्तिले महिला हरुको महान चाड तिज २०७८ को पावन अवसरमा सम्पुर्ण हिन्दु नारी हरुलाइ शुभकामना दिनु भएको छ। जहाँ जस्तो अवश्थामा भए पनी तिज पर्व लाई हाँसी खुशी मनाउनुस घर्तिले राप्ती पहिचान मार्फत भन्नू भयो। कोरोना महामारी अझै पनि सकृय रहेकाले सके सम्म भिडभाडमा नजान र घरमै बसेर परिवार का साथ तिज पर्व मनाउन वहाँले अनुरोध गर्नु भएको।
त्यस्तै तुलसिपुर उपमहानगरपालिका फोहर ब्यबस्थापन शाखा का ना सु खेमकान्त पाण्डे ले पनि हिन्दु नारी हरुको महान चाड तिज पर्वको अवसरमा शुभकामना दिनु भएको छ। सम्पुर्ण हिन्दु नारी हरुमा तिज २०७८ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना भन्न चाहन्छु पाण्डेले राप्ती पहिचान सङ्ग भन्नू भयो। तुलसिपुर बजार सफा र सुन्दर बनाउन ब्यबश्थित फोहर विसर्जन गर्ने कार्यमा महिला दिदी बहिनी हरु सङ्ग सहयोगको अपेक्षा राखेको छु पाण्डे ले अगाडि भने।
यस्तै जिल्ला अदालत घोराही क्षेत्रमा कानुन ब्यबशायी को रुपमा ख्याती प्राप्त अधिवक्ता मणिराज आचार्य मौसम ले पनि महिला हरुको महान चाड तिज पर्वको अवसरमा शुभकामना दिनु भएको छ। हिन्दु नारी हरुको महान चाड हरितालिका तिजको अवसरमा सम्पुर्ण हिन्दु नारी हरुमा शुभकामना भन्न चाहन्छ आचार्य ले राप्ती पहिचान मार्फत भन्नू भयो।