रमा बुढा मगर-====
तुलसिपुर ३२ साउन २०७८, आ व २०७७ मा तुलसिपुर उपमहानगरपालिका को ऋण ५९ करोड १ लाख ६६ हजार २५० रुपैयाँ रहेको खुल्न आएको छ। आ व २०७७/०७८ को योजना तथा कार्यक्रम भन्दा बाहिर का योजना हरु धमाधम सम्झौता गर्दा यस्तो ऋणको भार
थपिएको हो। आ व २०७७ मा मात्रै उपमहानगरका १,२,३,६,८,९,१०,१४,१५ र १७ नं वडामा गरि ६४ वटा योजना वार्षिक कार्यक्रम भन्दा बाहिर बजेट बिनाका उधारो सम्झौता गर्दा १२ करोड ६० लाख ६६ हजार २५० रुपैयाँ ऋण थपिएको छ भने नगर बिकास को ऋण ७ करोड ५ लाख रुपैयाँ छ। त्यस्तै उपमहानगरका करिब करिब १९ वटै वडामा
निर्माणाधिन अवश्थामा रहेका, धेरै जसो निर्माण सम्पन्न भइ सकेका ठेक्का टेन्डर बाट काम भएका तर वार्षिक योजना कार्यक्रम भन्दा बाहिरका, बजेट नभएका योजनाका मात्रै ३९ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको कुरा योजना शाखा का अधिकृत अनन्त कुमार गौतम ले राप्ती पहिचान सङ्गको कुराकानीमा
बताए। यता यही बारे ऐन कानुनमा यसरी ऋणमा योजना संचालन गर्न पाउने नपाउने बारे अध्ययन गर्दा आर्थिक कार्यविधी नियमावली २०६४, आर्थिक ऐन २०७६, आर्थिक कार्यविधी नियमावली को कुनै नियम उप नियममा स्थानिय तहले यसरी उधारो योजना
सम्झौता गर्न पाउने ब्यबश्था छैन। ऐन र नियमावलीमा बजेटको सिमा भित्र रही कार्यक्रम संचालन गर्नु पर्ने ब्यबश्था छ। मलाइ त ७६ करोड दायित्व छ भन्थे तर तपाईं लाई ५९ करोड भने छन वडा नं ९ का वडा अध्यक्ष घनश्याम ढकाल ले हामी सङ्ग भने। तुलसिपुर
उपमहानगरपालिकामा सबै भन्दा फितलो प्रशासन मध्य एक हो आर्थिक प्रशासन, बजेट छैन तर बेला न कुबेला धमाधम उधारोमा योजना सम्झौता हुन्छ ढकाल ले अगाडि भने। मैले त काम सम्पन्न गरि सकेँ पैसा चैँ कात्तिकमा लैजाउला भन्या छन नाम नब्बताउने सर्तमा एक निर्मान कम्पनीका संचालक ले राप्ती पहिचान लाई
बताए। हामी ऋण भन्दैनौ दायित्व भन्छौ दायित्व छ भनेर घुमाउरो भाषामा ऋण रहेको बारे उपमहानगरका निमित्त कार्यकारी अधिकृत भास्कर गौतम स्विकार्छन। तुलसिपुर उपमहानगर का मेयर घनश्याम पाण्डेलाइ मातृ शोक परी काज किरियामा रहेकाले हामीले उनी सङ्ग
प्रतिकृया माग्न उचित ठानेनौ। तर ऐन कानुन लाई मिचेर यसरी मनपरी उधारो योजना सम्झौता गर्ने काम लाई तुलसिपुर उपमहानगर ले रोक्नु पर्छ। ऐनलाइ पालना गर्दै पारदर्शी रुपमा तुलसिपुर उपमहानगर को आर्थि
क प्रशासन चल्नु पर्छ र आफ्नो टाउकोमा आएको ऋणलाइ ब्यबश्थित गर्न अनुरोध गर्छु नाम नबताउने सर्तमा एक जानकार नगरवासी भन्छन। सबै लाई सबै खाले ऐन कानुन बनी सकेका बेला तुलसिपुर उपमहानगरपालिका को यस्तो बेथिती देख्दा आफैमा पत्यार नलागे पनि यो सत्य घटना हो।