
रमा बुढा मगर–====
तुलसिपुर साउन २६/२०७८, प्राविधिक को विस्तृत अध्ययन बिना बनाइएको पुल ले खोला थुनीँदां तुलसिपुर ३ को गहते खोलाले किसानको खेतलाई बगरमा परिणत गरिदिएको छ। साउन २५ गते दिउँस २ बजे देखि साउन २६ गते बिहान ८ बजे सम्म परेको अविरल वर्षातको कारण गहते खोलामा आएको वाढी लाई भरखर बनाइएको पुल ले छेकी दिँदा खोला किसानको खेतमा पसेको हो।

तुलसिपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७ सालमा गहते खोलामा २१ वटा ९० cm का ह्युमपाइप ७ लेयरमा राख्ने र ह्युमपाइप माथी बाट ढलान गरेर ७ मिटर चौडाइ र २१ मिटर लम्बाइ भएको कजवे पुल निर्माण गर्न ४५ लाख ५७ हजार ४८५ रुपैयाँ नबढ्ने गरि बजेट निर्धारण गरी टेन्डर आव्ह्वान गरेकोमा
दंगीशरण ६ दाङ्ग ठेगाना खुलेको एम के विल्डर्सले उक्त पुल निर्माण कार्य २३ लाख ३९ हजार २७२ रुपैयाँ मात्रमा ठेक्का सकार गरि पुल निर्माण कार्य अघि बढाएको थियो। २१ वटा ह्युमपाइप, ५० थान जाली र निर्मित पुल देखी १० मिटर तल २१ मिटर लम्बाइ रहेको कटप वाल समेत लगाउने कुरा पुलको डिटेल स्टिमेटमा उल्लेख गरिएको छ।
आर्थिक वर्ष २०७७ को असार मसान्त सम्म निर्माण गरि सक्ने गरि सम्झौता भएको गहते खोला कजवे पुलको काम अझै सम्पन्न भइ सकेको छैन। पुल देखि १० मिटर मुनि को भागमा लगाइने कटप बाल अहिले सम्म पनि लगाइएको छैन। उता ७ वटा लेयरमा राखिएको ९० cm
डाया का ह्युमपाइपमा खोलामा आउने भेल नअटाउदा खोला थुनिने गरेको छ भने थुनिएको खोला किसानको खेतमा पसेको छ। यो पुल ले हाम्रो खाने खेती र खेत दुवै बगाएर लग्यो अब यसको क्षतीपुर्ती कसले दिने हो? भद्रकली राना ले राप्ती पहिचान सङ्ग भनिन। यता यहि
बिषयमा तुलसिपुर उपमनपा का मेयर घनश्याम पाण्डे सङ्ग प्रतिकृया माग्दा पुलको कारणले किसानको धानवाली र खेतमा क्षेती भएको भए सम्बन्धित किसान हामी कहाँ आए अध्ययन अनुगमन पछी क्षेतीपुर्ती दिन सकिने कुरा बताए। उनले क्षेती भएको ठाँउमा आफू स्वयम् गएर अनुगमन गर्ने पनि बताए।
यता पुले ले खोला किन छेक्यो भन्ने बारेमा तुलसिपुर बिकास प्राधिकरण का इन्जिनियर पवन योगी लाई बुझ्दा अहिले पुलको काम सम्पन्न भइ सकेको छैन कोरोना र लगातारको वर्षातको कारण ले निर्माण कार्य समय मै पूरा हुन नसकी ढिलाइ भएको कारण बाढी किसान को खेत बारीमा पस्न गयो, पुलको आसपास
राखिने ग्याबिन स्ट्र्क्चर हरु राखी सके पछी खोला किसानको खेतमा नपस्ने कुरा बताउछन। योगी का अनुसार यो वर्ष पनि उपमनपा ले सो पुलका लागि बजेट छुट्याएको र खोला लाई किसानको खेतमा पस्न बाट रोक्न थप जे जति स्ट्रक्चर राख्नु पर्छ त्यो राख्ने तयारी भइ रहेको छ। साउन २५ गते देखि
परेको अविरल वर्षातका कारण आएको बाढी पुल ले छेकिदिँदा भद्रकली रानाको १० गट्ठामा रहेको धान खेती मास्दै पुल देखि १०० मिटर पर रहेको शिवालय मन्दिर सम्म पुगेको थियो भने भद्रकली रानाको झन्डै ५ गट्ठा खेत बगरमा परिणत गरिदिएको छ।