
रमा बुढा मगर-====
तुलसिपुर ६ साउन २०७८, तुलसिपुर उपमहानगरपालिका मा आर्थिक वर्ष २०७७/०७८ मा कुल बजेटको ६४% रकम सेवा सुविधा मा खर्च भएको पाइएको छ। उपमहानगरको खर्चफांटवारीमा यस्तो देखाएको हो। खर्चफाँटवारी अनुसार कर्मचारी को तलब भत्ता पोशाक खर्च निबृत्तीभरण बाहेक हिसाब संकेत नं २२५२२ बाट अनौठो शिर्षकमा सबै भन्दा धेरै रकम कुनै पनि खालको भौतिक संरचना निर्माण नभएको देखिने
तर बजेट खर्च भएको देखिने गरि रकम निकासा गरिएको छ। खर्चफाँटवारीमा कार्यक्रम खर्च शीर्षक को हिसाब संकेत नं २२५२२ बाट १२ पटक गरि २१ करोड १९ लाख ७७ हजार ४४६ रुपैयाँ भुक्तानी भइ खर्च भएको देखाइएको छ। यो खर्च न कर्मचारीको तलब हो न अन्य कुनै भत्ता न कुनै जिन्सी खरिद हो।
केवल कार्यक्रम खर्च भनी खुलाइएको खर्च शीर्षक मा यति धेरै रकम के मा खर्च गरियो आश्चर्य जनक देखिन्छ। त्यसै गरि उपमहानगरका जनप्रतिनिधी हरुको तलब भत्ता मै २ करोड बढी रकम खर्च भएको पाइएको छ। खर्चफाँटवारी को हिसाब संकेत नं २११४२ बाट दुई
पटक गरि १ करोड ८० लाख र हिसाब संकेत नं २२२११ बाट एक पटक ९४ हजार ९९९ रुपैयाँ, हिसाब संकेत नं २११४२ बाट तेस्रो पटक ७० लाख रुपैयाँ गरी २ करोड ५ लाख ९४ हजार ९९९ रुपैयाँ जनप्रतिनिधी हरुले सेवा सुविधा का नाममा बुझी लगेको पाइएको छ। त्यसै गरी
विविध खर्च शिर्षकमा हिसाब संकेत नं २२७११ बाट चार पटक गरि १ करोड ७४ लाख २ हजार ८१७ रुपैयाँ खर्च भइ गएको देखाइएको छ। विकास खर्च भन्दा झन्डै दोब्बर रकम सेवा सुविधामा खर्च गरेको उपमनपा ले महंगी भत्तामा मात्रै ४० लाख २४ हजार रुपैयाँ बाँडेको पाइएको छ।
निस्वार्थ र निशुल्क जनता को सेवा गर्नेछौ भनेर २०७४ सालमा निर्वाचित भएर आएका जनप्रतिधी हरुले नै २ करोड बढी रकम तलब भत्ता वाफत बुझी लगेछन अचम्म लाग्यो वडा नं ५ का एक नगरवासी ले नाम नबताउने शर्तमा राप्तिपहिचान लाई भने। यो कार्यक्रम
खर्च भनेको के हो? यसमा २१ करोड १९ लाखको खर्च ले कहाँ के बनाइयो मेयर साहब ले जनता लाई जवाफ दिनु पर्छ अर्का नगरवासी ले आक्रोश पोख्दै भने। आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषण मा चालू ( सेवा सुविधा) खर्च कुल बजेटको १५% ले पुर्याउने र
बाँकी सबै रकम बिकास खर्चमा लगाउने लक्ष लिएको उपमनपा ले सेवा सुविधा(चालू खर्च) लाई बढाएर ६४% प्रतिशत पुर्याइ बिकास खर्च भन्दा दोब्बर बढी सेवा सुविधा खर्च गरेको देखाइए पनि यस विषय नागरिक स्तर बाट भने कसैले बिरोधको आवाज उठाएको पाइएको छैन।