
रमा बुढा मगर-===
सल्यान २ साउन २०७८, राउटे युवती सम्झना शाही ले पत्रकार माथी आक्रोश पोखेकी छिन। केही अनलाइन पत्रीका मा राउटे युवती सम्झना शाही ले आत्महत्या गरेको भन्ने समाचार सम्प्रेसन भएको भन्ने कुरा थाहा पाए पछी उनले म मरेको छैन मलाइ मर्यो भन्ने त्यै पत्रकार मर्यो होला भन्दै आक्रोश पोखेकी छिन।
आज साउन २ गते बिहान ७ बजेर ५८ मिनेट जाँदा राप्ती पहिचान डटकम का प्रकाशक तथा कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगर सङ्ग मोबाइल फोनमा कुरा गर्दै उनले यस्तो भनेकी हुन। सम्झना शाही ले सेल फोनमा म मरेकी छैन भन्ने कुरा गरेको अडियो टेप राप्ती पहिचान ले फेला पारेर सार्वजनिक गरेको छ। यता नमरेको मान्छे लाई मर्यो भनेर भ्रम छर्ने पत्रकार लाई कारवाही को माग गर्दै
जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी परेको छ। राउटे लोपौन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिस्ठान नेपाल का अध्यक्ष सत्यदेवी खडका ले उजुरी दिएकी हुन। खडका ले एक विज्ञपति जारी गर्दै भ्रम मा नपर्न आग्रह गरेकी छिन। सम्झना शाही सकुशल छिन
अनलाइन मिडियामा आएको कुरा सत्य होइन, यस्ता असत्य समाचार सम्प्रेसन गर्ने अनलाइन मिडिया कर्मी लाई कानुनी कारवाही गरियोस खडकाले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ।सुर्खेतको गुर्बाकोट नपा को जङ्गलमा बस्दै आइ रहेका बेला राउटे युवती सम्झना शाही र गाजली शाही यौन हिंसामा परेका थिए।
उनी हरुलाइ ललाइ फकाइ गरी होटलमा लगेर यौन हिंसा गर्ने दुई जना र एक जना मतियार हाल पुर्पक्षका लागि कारागार चलान भएका छन। बस्तिमा त्यै घटना थाहा भए पछी सम्झना शाहि ले आत्महत्या गरेको प्रसङ्ग अनलाइन मिडियामा सम्प्रेसन भइ रहेका छन तर त्यो सत्य होइन खडका ले अगाडि भनिन।
अमानविय तरिका बाट घटेको घटनाको बिषयमा बढाइ चढाइ गरेर कपोल्कल्पित समाचार सम्प्रेसन गर्ने मिडिया कर्मी हुन सक्दैनन राउटे लोपौन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिस्ठान नेपालको लुम्बिनी प्रदेश अध्यक्ष इश्वरा रोका ले राप्ती पहिचान लाई बताइन।
हाल राउटे सल्यान र सुर्खेत को सिमाना काल्चेडाँडामा बस्दै आइ रहेका छन। असुरक्षा को मध्यनजर गर्दै उनी हरुलाइ गुर्बाकोट नपा को जङ्गल बाट त्यहाँ सारिएको हो।