सुमन वि क लाई लालन पालन र पढाइ खर्च उपलब्ध।

रमा बुढा मगर-====

तुलसिपुर २ साउन २०७८, केही महिना अघि बा ले आँखा देख्नु हुन्न आमा मरी जानू भो, आमाको किरिया बसेको छु घरमा खाने अन्न छैन मलाइ सहयोग गर्नुस भन्दै सामाजिक संजालमा आएका तुलसिपुर ३ राम्री का ९ वर्षिय सुमन वि क हाल तुलसिपुर ६ श्थित ग्रेट अरनिको इङ्ग्लिश मिसियम बोर्डिङ स्कुलमा ३ कक्षामा

पढ्दै छन। उनको त्यति बेलाको हारगुहार समाजसेवी दानविर सुरेश हमाल सम्म पुगे पछी सुमन लाइ ग्रेट अरनिको बोर्डिङ स्कुलमा पढ्ने अवसर प्राप्त भएको हो। सामाजिक संजालमा सुमन वि क बारे जानकारी पाए लगत्तै दानविर सुरेश हमाल सहयोग रकम लत्ता

कपडा र खाद्यान्न लिएर उनकै घरमा पुगेका थिए। सुमनको घरमा पुगेका हमाल ले आफुले सुमन वि क लाई प्लस टु सम्म पढाइदिने वाचा गर्दै तत्काल सुमन लाई तुलसिपुर ६ श्थित दिदि घर भन्ने संस्था को आवासमा बस्ने खाने र ग्रेट अरनिको बोर्डिङ स्कुलमा पढ्ने ब्यबश्था मिलाइ दिएका थिए। हाल ग्रेट अरनिको इङ्गलिस मिडियम बोर्डिङ स्कुलमा सुमन ले कक्षा ३ मा पढ्दै छन।

२०७७/ सालका लागी पढाइ खर्च दिई सकेका हमाल ले २०७८ मा सुमन वि क लाई बस्ने खाने लत्ता कपडा र स्कुल फिस खर्चका लागि भनी ५० हजार रुपैयाँ दिदी घर भन्ने अनाथालय लाइ पठाएका छन। रोटरी क्लब अफ तुलसिपुरका प्रेसिडेन्ट शिव श्रेस्ठ मार्फत हमाल ले उक्त रकम पठाएका हुन। दानविर सुरेश हमाल ले ०७८

का लागि सुमनको पढाइ खर्च भनी ५० हजार रुपैयाँ को चेक मलाइ दिनु भएको थियो, मैले त्यो चेक दिदी घर भन्ने संस्था लाई हस्तान्तरण गरेको छु रोटरी क्लब अफ तुलसिपुर सिटी का प्रेसिडेन्ट शिव श्रेस्ठ ले राप्ती पहिचान लाइ बताए। समाजमा थुप्रै खाले निचार भएका मान्छे देखेकी छु तर सुरेश हमाल जस्तो दयालु

बिचार बोकेका मान्छे पनि देखेँ जसले हाँसी हाँसी सुमनको पढाइ खर्च वार्षिक ५० हजार रुपैयाँ उपलब्ध गराउने गर्नु भएको छ दिदी घर नामक संस्था संचालिका स्यानी चौधरी ले हामी लाई बताइन। राप्ती पहिचान डटकम को आजको अंकले दानविर सुरेश हमाल लाई सम्मान प्रकट गर्दै यो समाचार लेखेको हो।

प्रतिक्रिया