
रमा बुढा मगर-===
तुलसिपुर २९ असार २०७८, आम संचार माध्यम को चासो को बिषय बनेको दाङ्ग जिल्ला का खोला हरु बाट हुने अवैध नदिजन्य पदार्थ चोरी निकासी का बारेमा कसको कति मिलेमतो छ भन्ने बारेमा अनुसंधान गरि सुचना संकलन गर्न राप्ती पहिचान डटकम ले ९ महिने गुप्त अभियान चलाएको थियो। दाङ्ग जिल्ला को राप्ती
नदी, गुर्जेखोला, ग्वारखोला, कालाखोला, पातुखोला, भमकेखोला र च्याँटी खोलामा चलाइएको गुप्त सुचना संकलन अभियानले संकलन गरेको आधार प्रमाण मध्य ग्वारखोलामा प्रहरीले नै अवैध रुपमा नदिजन्य पदार्थ चोरी निकासी गराउन मोटो रकम लिने गरेको पाइएको
छ! तुलसिपुर ४ श्थित प्रहरी चौकी खाद्रे मा कार्यरत असिस्टेन्ट सब इन्सपेक्टर (असइ) दिनेश कुमार बुढाथोकी ले ट्रेक्टर धनी हरु सङ्ग मासिक रुपमा मोटो रकम माग्ने गरेको अडियो टेप राप्ती पहिचानको गुप्त सुचना संकलन अभियानलाइ फेला परेको छ! नागरिक हरु
बाट खोलामा ट्रेक्टर ले नदिजन्य पदार्थ चोरी गरि रहेको सुचना उनलाइ आउना साथ गाडी धनी लाई फोन गरेर गाडी भगाउन लगाउने गरेको कुरा स्वयम् दिनेश कुमार बुढाथोकी ले बोलेको आवाज अडियो टेपमा रेकर्ड भएको छ! उनले तुलसिपुर उपमहानगर को ४ ,७, १८ र १९ नम्बर वडाका ट्रेक्टर र टिप्पर धनी सङ्ग पैसा
असुल्ने गरेका छन श्रोत ले भन्यो! घोराही तुलसिपुर सडक खन्डको ग्वारखोला पुल देखि उत्तर तर्फ रोल्पाको रुन्टीगढी गा पा वडा नं ६ भएर बग्ने सुङ्गुर खोला सम्म र कुटिचौरको स्याँलापानी खोला बाट अवैध नदिजन्य पदार्थ चोरी गर्ने हरुलाई सघाउदै उनी हरु बाट उनले
मासिक रुपमा वा चाड पर्वको निहुमा पैसा असुल्दै आएको पाइएको छ! तुलसिपुर ४ को तल्लो हलवार बाट ग्वारखोला खोला झर्ने बाटो, बाँसगढी बाट शवदाह गृह झर्ने बाटो र कुटीचौर श्रीचौर क्षेत्र बाट अवैध रुपमा ढुङ्गा गिट्टी बालुवा चोरी गर्ने गाडी हरु बाट उनले मोटो रकम असुल्दै आएका छन नाम नबताउने सर्तमा एक
स्थानिय ले बताए। राप्ती पहिचान डटकम को ९ महिने गुप्त सुचना संकलन अभियान ले गाडी धनी हरुले पैसा नदिएको बेला गासी समातेर चौकीमा लगेको तर पैसा बुझाए पछी पक्राउ परेको गाडी सम्बन्धित निकायमा न पठाइ चौकी बाटै छोड्दै गर्दा चौकी बाट ट्रेक्टर निस्किदै
गरेको भिडियो क्लिप पनि फेला पारेको छ! राप्ती पहिचान ड्टकम ले सार्वजनिक गरेको अडियो टेप ले सबै कुरा प्रस्ट पारेको छ राप्ती पहिचान डटकम का प्रधान सम्पादक एग्गे बहादुर बुढा ले हामी लाई भने।