रमा बुढा मगर -=====
तुलसिपुर बैशाख ६/२०७८, तुलसिपुर उपमहानगरपालिका को अति विकट वडा वडा नं ३ को ठाँटीगाउ खोलामा पक्की पुल बन्ने भएको छ! तुलसिपुर पुर्वाधार बिकास प्राधिकरणले उक्त पुल बनाउन लागेको कुरा तुलसिपुर उपमनपा का मेयर घनश्याम पाण्डे ले राप्ती पहिचान लाई बताए! २०७४ को स्थानिय तहको चुनावका समय म त्यस क्षेत्रमा भोट माग्न जाँदा त्यस
भेगका जनताले ठाँटीगाउ खोलामा पक्की पुल को माग राखेकोमा आफुले चुनाव जिते उक्त ठाँउमा पक्की पुल बनाइदिने वाचा गरेको थिए, वाचा गरे अनुसार मेरै कार्यकालमा ठाँटीगाउ खोलामा पुल बनाउने निर्णय गरि निर्माण कार्य अघि बढाएका छौ पाण्डे ले भने! उक्त खोलामा वर्षायाममा खोला तर्दा २ जनाले ज्यान गुमाइ
सकेका छन भने प्रत्यक वर्षा याममा खोला तराउदा स्थानियका गाई गोरु बाख्रा बग्ने गरेका छन! २० मिटर लम्बाइ ११.७ मिटर चौडाइ डबल लेन भएको पक्की पुल निर्माण गर्न मिति २०७७ चैत २८ गते टेन्डर आवहान गरेका छौ तुलसिपुर बिकास प्राधिकरण का निर्देशक पवन योगी ले हामी लाई बताए! जम्मा लागत
३ करोड पचास लाख नबढ्ने गरि टेन्डर खोलेका छौ प्रतिस्पर्धा बाट छनौट भइ आउने ठेकेदार कम्पनी मार्फत ठाँटीगाउ खोलामा पक्की पुल बनाउने काम सम्पन्न हुने छ योगी ले अगाडी भने! माओवादी ले चलाएको जनयुद्दकालमा यस ठाँउका वासिन्दा लाई खोला तर्न सजिलो होस भनेर तत्कालिन जनसरकारले
त्यस ठाँउमा २५ मिटर लामो १.५ मिटर चौडा र १५ फिट अग्लो काठे पुल निर्माण गरेको थियो! २०५८ सालमा निर्माण भएको उक्त काठे पुल २०७८ सम्म आइ पुग्दा २१ वर्ष त्यस भेगका जनसमुदाय ले पुलको रुपमा प्रयोग गर्दै आइ रहेका छन! तत्कालिन नेपाल कम्युनिस्ट पार्टि माओवादी का जिल्ला सेक्रेटरी कबिराम खत्री
(विवेक) को प्रत्यक्ष कमान्डमा उक्त ठाँउमा काठे पुल निर्माण भएको थियो! कबिराम खत्री हालको माओवादी केन्द्र का नेतृ संघिय सांसद तथा शिक्षा स्वाश्थ्य समिती को सभापती जयपुरी घर्ती का श्रीमान हुन जो माओवादीको दस वर्षिय जनयुद्दकालमा सहिद भएका थिए! संघिय सांसद जयपुरी घर्ती लाई यस बिषयमा
जानकारी गराउदा सो पुलको कुरा सुन्दा आफुलाइ पुराना कुरा याद आएको कुरा बताइन! आफ्नो श्रीमानको प्रत्यक्ष कमान्डमा त्यस समय उक्त ठाँउमा काठे पुल निर्माण भएकोमा हाल आएर त्यही ठाँउमा पक्की पुल बनाइदिने तुलसिपुर उपमनपा का मेयर घनश्याम पाण्डे लाई घर्ती ले धन्यवाद भनिन! पुल नहुँदा
अचम्म अप्ठेरो थियो वर्षायाममा खोला तर्दा ज्यानको खतरा थियो पुल बन्ने कुरा सुने पछी अचम्म खुशी लागेको छ स्थानिय जीवन के सी ले हामिलाइ भने! माओवादी ले बनाइदिएको काठे पुल जिर्ण भइ सकेको थियो पुल तर्दा कति बेला दुर्घटना हुने हो भन्ने डर लागि रहन्थ्यो पक्की पुल बन्ने भएछ हाम्रो ठाउमा अर्का स्थानिय लोक बहादुर के सी ले हाम्रा शमाचारदाता लाई भने!