
रमा बुढा मगर -=====
तुलसिपुर बैशाख ५/२०७८, नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा २ मा माद्यामिक तह सम्म निशुल्क शिक्षा पाउने हक हुने छ भनिएको छ! त्यसैलाइ कार्यनवयनमा ल्याउन शिक्षा नियमावली बनाइ सरकारी विद्यालयमा अध्ययनरत छात्र छात्रा बाट कुनै पनि प्रकारको शुल्क लिन नपाउने गरि स्पस्ट ब्यबश्था गरेको हुदा हुँदै पनि तुलसिपुर क्षेत्र का सबै
जसो विद्यालय ले विद्यार्थी हरु बाट चर्को शुल्क लिइ रहेको पाइएको छ! सबै भन्दा चर्को शुल्क लिने विद्यालयमा महेन्द्र माध्यामिक विद्यालय तुलसिपुर रहेको पाइएको छ! उसले कक्षा ६ लाई मासिक ७४०/रुपैयाँ कक्षा ७ लाई ८१५/ कक्षा ८ लाई ९००/ कक्षा ९ लाई १०१५/ कक्षा १० लाई १११५/ कक्षा ११ लाई
४५०/ र कक्षा १२ का विद्यार्थी बाट ५९५ रुपैयाँ शुल्क तोकेरै शुल्क लिने गरेको छ! यसै गरि माद्यामिक विद्यालय सेन्टर तुलसिपुर ले कक्षा ८ देखि १० सम्म मासिक ६०० रुपैयाँ र कक्षा ११ का छात्र छात्रा बाट मासिक १०००/ रुपैया शुल्क लिइ रहेको पाइएको छ! यसै गरि कक्षा १० सम्म संचालन गर्दै आइ रहेको पशुपती मा बि हरीपौरी
ले पनि मासिक शुल्क लिएको पाइएको छ! उसले कक्षा ६ मा अध्ययनरत बालबालिका बाट मासिक ३००रुपैयाँ कक्षा ७ लाई ३५०/ कक्षा ८ लाई ४००/ कक्षा ९ लाई ४५०/ र कक्षा १० का बालबालिका बाट मासिक ५०० रुपैयाँ शुल्क लिएको पाइएको छ! त्यस्तै अमर माध्यामिक विद्यालय उरहरी ले वार्षिक रुपमा तोकेरै शुल्क लिएको पाइएको छ! उसले कक्षा ६ लाई ८००
रुपैयाँ वार्षिक कक्षा ७ लाई ९००/ कक्षा ८ लाई १०००/ कक्षा ९ लाई ११००/ र कक्षा १० लाई १२००/ कक्षा ११ लाई वार्षिक ८०० रुपैयाँ र मासिक ५०० सय रुपैयाँ कक्षा १२ लाई वार्षिक २००० रुपैयाँ र मासिक ६०० सय रुपैयाँ तोकेरै शुल्क लिने गरेको पाइएको छ!त्यस्तै सरस्वती मा बि दमारगाउले पनि शुल्क लिइ
रहेको पाइएको छ! उसले कक्षा ६ बाट ४२० रुपैयाँ वार्षिक कक्षा ७ बाट ५२५/ कक्षा ८ बाट ६३०/ कक्षा ९ बाट ७७० र कक्षा १० मा अध्ययनरत बालबालिका हरु बाट वार्षिक ८७५ रुपैया शुल्क असुल्दै आइ रहेको छ! यसै गरी मा बि अश्वारा ले पनि छात्र छात्रा बाट शुल्क असुल्दै आएको पाइएको छ! उसले कक्षा ६ देखि १०
सम्म का बालबालिका बाट ५०० रुपैयाँ मासिक र कक्षा ११/१२ बाट मासिक ३०० रुपैयाँ असुल्दै आएको पाइएको छ! यसै गरि चर्को शुल्क लिइ रहेको बिद्यालय हो मा बि प्रतापकोट! उसले कक्षा ६ का बालबालिका बाट मासिक २००/ कक्षा ७ बाट २५०/ कक्षा ८ बाट
३००/ कक्षा ९ बाट ३५० र कक्षा १० का बालबालिका बाट मासिक ४०० रुपैयाँ असुल्दै आइ रहेको छ भने मा बि भ्युडहर सुनपुर ले कक्षा ११ का बालबालिका बाट मासिक ३५० रुपैयाँ र कक्षा १२ बाट मासिक ३७५ रुपैयाँ असुल्दै आइ रहेको छ! सरकारी बिद्यालयमा पढ्ने नगरवासी का बालबालिकाले कुनै
किसिको शुल्क तिर्नु पर्दैन शुल्क लिएको भए मलाइ खबर गर्नु भन्दै सार्वजनिक रुपमा भन्दै आएका तुलसिपुर उपमनपा का मेयर घनश्याम पाण्डेलाइ यो बिषयमा कुराकानी गर्न खोज्दा उनले फोन उठाएनन! सरकारी बिद्यालयमा बालबालिका वा बालबालिका का अभिभावक संग कुनै पनि बहानामा शुल्क लिन पाइदैन
लिएको भए शिक्षा समितिमा निर्णय गरेर त्यस्तो कार्य रोक्छौ उपमनपा का प्रवक्ता सुर्य बहादुर डाङ्गी ले राप्ती पहिचान लाई बताए! यसै बिषयमा हामिले तुलसिपुर उपमनपा का नि- प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा अधिकारी भास्कर गौतम लाई सोध्दा शुल्क लिन नपाउने ब्यबश्था छ तर ब्यबहारिक पाटो बाट शुल्क
लिइदै आएको सुन्नमा आएको छ के हो बिद्यालय हरुलाइ बुझेर जवाफ दिने कुरा बताए! हामीलाई माध्यामिक आधारभुत लगायत सबै तह गरी १०५ जना शिक्षक को आवश्यक्ता छ तर संघिय सरकारले जम्मा ११ जना को दरवन्दी निश्चित गरेर पठाएको छ कसरी चलाउने भन्नेमा अन्योल रहेको कुरा उनले बताए! एका तर्फ सरकारी बिद्यालयमा शुल्क नउठाउने नीति बनाएर
स्थानिय सरकार लाई पठाएको छ भने अर्को तर्फ न आफुले आवश्यक दरवन्दी पठाउछ न स्थानिय सरकार लाई दरवन्दी सिर्जना गर्न दिन्छ अप्ठेरोमा छ शिक्षा शाखा उनले अगाडि भने! शुल्क लिनु भनेर हामिले भनेका होइनौ बिद्यालयले आफू खुशी लिइ रहेका छन
भन्ने सुन्नमा आएको छ कानुन अनुसार सरकारी बिद्यालयमा मा बि तह सम्म कुनै शुल्क लिन पाइदैन उपमनपा को शिक्षा महाशाखा का बिद्यालय निरिक्षक चक्र डाँगी ले हामी लाई बताए! कानुन बने पछी कानुनको अक्षर अक्षर पालना हुनु पर्दछ कानुनमा भएको ब्यबश्था कानुन अनुसार लागू हुनु पर्थ्यो तर
भएन एक अभिभावकले गुनासो पोखे! भोट माग्न आउदा घनश्याम पाण्डेले माद्यामिक तह सम्म सरकारी बिद्यालयमा तपाइका छोरा छोरी ले निशुल्क पढ्न पाउने छन भनेका हुन खोइ कहाँ गयो त्यो भनाइ अर्का अभिभावकले आक्रोश पोख्दै भने!