करोडौँ रकम उठाएर शिखर सहकारीका संचालक फरार! ठगी गर्ने सजिलो माध्यम बन्दै सहकारी!

रमा बुढा मगर -=====

तुलसिपुर चैत २०, गाउँ गाँउमा सहकारी घर घरमा भकारी नारा दिएर पछिल्लो समय बचत तथा ऋण सहकारी सहकारी संस्था र कृषि सहकारी संस्था बग्रेल्ती खुलेको पाइन्छ! ती नै सहकारी हरु अहिले ठगी गर्ने सजिलो माध्यम बनेको छ!

यसैको एउटा नमुना तुलसिपुर कार्यक्षेत्र तोकेर खुलेको शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड हो! प्राप्त जानकारी र प्रमाण अनुसार यो सहकारी संस्था को तुलसिपुर ५ श्थित घोराही रोडमा रहेको कार्यालय २०७६ साल को फागुन महिना देखि बन्द रहेको छ! सहकारी संस्था बन्द मात्रै नभइ संस्थाको नाम ठेगाना लेखिएको बोर्डमा संस्थाको नाम लेखिएको ठाँउमा कागज समेत टाँसेर राखिएको छ! सहकारी का अध्यक्ष यमनारायण रजौरे

र ब्यबश्थापक बिमला रजौरे हाल काठमान्डौमा गइ बसेको कुरा बचत कर्ता हरु बताउछन! बिमला रजौरे र यमनारायण रजौरे पति पत्नी हुन! २०६४ साल ९ महिना २७ गते तत्कालिन संरचना अनुसार घोराही श्थित सहकारी डिभीजन कार्यालय दाङ्गमा २६० औ

नम्बरमा यो सहकारी दर्ता भएको देखिन्छ भने विभिन्न बैँक हरु बाट ऋण लिएर र बचत कर्ता हरु बाट झन्डै ३ करोडको हाराहारीमा रकम उठाएर भागेको कुरा बचत कर्ता हरु बताउछन! शिखर बचत तथा ऋण सहकारी संंस्था लि• २०७१ साल सम्म अप्डेट छ त्यस पछी उसले अडिट प्रतीवेदन लगायत अन्य आवश्यक कागजात यश कार्यालयमा

बुझाएको छैन भने सम्पर्कमा पनि छैन तुलसिपुर उपमहानगरपालिका सहकारी शाखा का नासु कुन्ता भन्डारी ले राप्ती पहिचान लाई बताइन! सहकारी ऐन २०७४ को दफा १२२ मा कसुर गरेको मानिने सम्बन्धी निम्न बुँदा हरु रहेका छन! दफा १२२ को (ख) मा सदस्यको बचत यस ऐन र ऐन अन्तर्गत बनेको नियन बिनियम बमोजिम अन्य कुनै प्रयोजनका लागि प्रयोग गरेमा! १२२ को खन्ड (घ) समितिको सदस्य ब्यबश्थापक वा कर्मचारी ले सहकारी संंस्थाको सम्पत्ती बचत वा शेयर रकम हिनामिना गरेमा!

दफा १२२ को खन्ड (ङ) ऋण असुल हुन नसक्ने गरि समितिका कुनै सदस्य, निजको नातेदार वा अन्य ब्यक्ती वा कर्मचारी लाई ऋण दिई रकम हिनामिना गरेमा! दफा १२२ को खन्ड (च) समितिका कुनै सदस्य ले एकलै वा अन्य सदस्यको मिलेमतोमा सहकारी संस्थाको शेयर वा बचत रकम आफुखुशी परिचालन गरि सहकारी लाई हानी

नोक्सानी पुर्‍याएमा! त्यसै गरि १२२ कै खन्ड (ट) मा झुट्टा बिबरणको आधारमा परियोजनाको लागत अस्वभाविक रुपमा बढाइ बढी ऋण लिएमा! यसै गरि दफा १२२ को खन्ड (थ) मा कुनै सहकारी संस्था वा सो को सदस्य वा बचतकर्ता वा ती मध्य कसैलाइ हानी नोकसानी पुग्ने गरि लेखा परिक्षण गरे गराएमा वा

लेखापरिक्षण गरेको झुट्टो प्रतिवेदन तयार पारेमा वा पार्न लगाएमा निम्न अनुसारको सजाय हुने ब्यबश्था छ! यसरी कसुर गर्ने लाई १० लाख रुपैयाँ सम्म हिनामिना गरेमा एक वर्ष कैद! १० लाख भन्दा माथी

५० लाख सम्म हिनामिना गरेमा २ वर्ष देखि ३ वर्ष सम्म कैद! ५० लाख भन्दा माथी १ करोड सम्म हिनामिना गरेको भए ३ वर्ष देखि ४ वर्ष सम्म कैद हुनेछ! १ करोड भन्दा माथी १० करोड सम्म हिनामिना गरेमा ४ वर्ष देखि ६ वर्ष सम्म कैदको ब्यबश्था रहेको छ! कसुर गर्ने लाई सजायको ब्यबश्था हुँदा हुँदै पनि सरोकरवाला निकायले यस्ता ठगीको धन्दा चलाउने सहकारी संचालक हरु लाई कारवाही गरेको रेकर्ड भने छैन!

प्रतिक्रिया