
रमा बुढा मगर—-=
तुलसिपुर फागुन १४, आ,व २०७५/०७६ मा तुलसिपुर उपमहानगरपालिका बाट रकम प्राप्त गरेका तुलसिपुर उपमनपा का विभिन्न वडा का ५ योजना मा भएको खर्च रकममा महालेखा परिक्षक को कार्यालय ले बेरुजु देखाएको छ! म ले प ले रकम बेरुजु देखाएर किटान गरि पठाएका योजना निर्माण समिती बाट बेरुजु रकम असुल उपर गर्न प्रथम पटक पत्राचार गर्दै छौँ तुलसिपुर उपमनपा का निमित्त प्रमुख प्रशासकिय अधिकृत भास्कर गौतम ले राप्ती पहिचान लाई बताए!
उनका अनुसार तुलसिपुर ६ स्थित एयरपोर्ट देखि पश्चिम जाने बाटो निर्माण समितीका अध्यक्ष डम्बर भन्डारी का नाममा मात्रै ५ लाख १० हजार १० रुपैयाँ ७२ पैसा बेरुजु देखिएको छ! त्यसै गरि ठुले पिपल देखि डिल्ली बजार बाटोमा पर्ने जसपुरे कुलो र गोलौरी कुलोमा
कल्भर्ट निर्माण कार्यमा समृद्दी कन्ट्रक्सन का अध्यक्ष माधव बुढाथोकी को नाम मा १६९०५/ ४८ पैसा म ले प ले बेरुजु देखाएको छ! त्यस्तै तुलसिपुर ६ मा पर्ने सखी सोता कल्भर्ट निर्माण समितिका अध्यक्ष शेर बहादुर र्चौधरी का नाम मा ७८ हजार ६८७/२५ पैसा बेरुजु देखिएको छ! यस्तै वडा नं १४ को अम्रै डाँडा देखि बबइ पुल जोड्ने बाटोमा कल्भर्ट निर्माण समितिका अध्यक्ष
शुसिला बस्नेतको नाम मा ८५ हजार ६८७/५६ पैसा बेरुजु देखिएको छ! यसै गरि वडा नं ४ का सबै बाटो मर्मत तथा स्तर उन्नती गर्न गठन भएको निर्माण समिती का अध्यक्ष रणविरसिंह घर्ती को नाम मा ९२ हजार ४१/३० पैसा बेरुजु देखिएको कुरा गौतम ले हामीलाई भने! यति धेरै रकम बेरुजु आउने गरि निर्माण समितिलाइ भुक्तानी कसरी गयो भन्ने प्रश्नमा राजनितिक दबावमा भुक्तानी दिँदा यस्तो हुन गएको उनले बताए! रकम असुल गर्ने तर्फ कस्तो योजना छ भन्ने प्रश्नमा म ले प ले बेरुजु रकम असुल उपर गरि त्यसको जानकारी म ले प लाइ दिनु
भनेर पत्राचार गरेको छ कार्यन्वयन स्वरुप प्रथम पटक बेरुजु देखिएको रकम उपमनपा को खातामा दाखिला गर्नु भनी पत्राचार गर्दै छौँ अटेर गरे कानुन बमोजिम हुन्छ उनले अगाडि भने!