अतिक्रमित जग्गा बाट अतिक्रण हटाउनु- गृह मन्त्रालय

रमा बुढा मगर—=

तुलसिपुर फागुन ४ , दाङ्ग जिल्ला का विभिन्न ठाँउमा अतिक्रमणमा परेका सरकारी जग्गा बाट अतिक्रमण हटाउन गृह मन्त्रालयले ताकेता गरेको छ! गएको माघ २७ गते जिल्ला प्रशासन कार्यालय दाङ्ग का नाम मा आदेशात्मक पत्राचार गरि गृह ले ताकेता गरेको हो! अतिक्रमित स्थानमा अतिक्रमण गरि बसेका ब्यक्ती का

नामावली सहित गृह ले पत्राचार गरेको छ!जस अनुसार तुलसिपुर उपमहानगर वडा नं १६ जहदामा रहेको १९ विगाह ६ गट्ठा जग्गामा स्थानिय हिरा खडका, टेक कुमारी खत्री, जीवन चौधरी,राजकुमारी चौधरी, कविराम डाँगी, कमानसिङ विक, धनविर चौधरी, र चक्र बहादुर सार्की ले अतिक्रमण गरि घर टहरा बनाइ बसेको खुल्न

आएका ले यथाशिघ्र अतिक्रमणमा परेको जग्गा बाट अतिक्रमण हटाउनु भन्ने ब्यहोराको पत्र गृहले पठाएको छ! त्यसै गरि तुलसिपुर उपमनपा वडा नं २ को घोरवण्डा, तुलसिपुर ३ को रेउले टोलको तल्लो भेग, वडा नं १० को बेलदमार, वडा नं १३ को भन्ज्याङ्ग डाडाँ श्थित प्रती ऐलानी जगा अतिक्रमण गरि अनधिकृत रुपमा १२० भन्दा बढी घर टहरा बनाइ बसेको बारे खुल्न आएकोले यथाशिघ्र घर टहरा हटाइ अतिक्रमित जग्गा सरकारको स्वामित्वमा लाउने कुरा पनि पत्रमा

उल्लेख गरिएको छ! त्यसै गरि तुलसिपुर ३ को रानागाँउ श्थित गुरुजजुर माद्यामिक विद्यालयको १ विगाह ७ गट्ठा जग्गा, वडा नं १५ को चौपारिया र गब्दब श्थित भोजपुर मा वि को ५ विगाह जग्गा स्थानिय ले अतिक्रमण गरि घर टहरा र भोगचलन गर्दै आइ रहेको खुल्न आएको मा सो जग्गा बाट पनि अतिक्रमण हटाउनु भनी पत्रमा लेखिएको छ!

त्यस्तै तुलसिपुर उपमनपा अन्तर्गत गौरीगाउँ ताल, कमलपोखरी ताल, सुकिदह आसपासको जग्गा, लामाखोला महिला सामुदायिक वन, सिदुदेव लेरुवा पहाड सामुदायिक वन, मिलन सुन्दर सामुदायिक वन र दाङ्ग को बेलझुन्डी श्थित संस्कृत विश्वविद्या लयको १४०० विगाह जग्गा समेत अतिक्रमण मा परेको खुल्न

आएको ले तुरुन्त अतिक्रमण हटाउनु भनिएको छ! दाङ्गमा यति ठुलो मात्रा मा सरकारी जग्गा अतिक्रमणमा परेको रहिछ अब अतिक्रमण हटाउनु हुन्छ कि हुदैन भन्ने प्रश्नमा सरकारी जग्गा कसैले पनि लिन मिल्दैन अतिक्रमण हटाउछौ दाङ्ग का प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य ले राप्ती पहिचान लाई भने!

प्रतिक्रिया