शान्ती प्रकृया पछी वेवारिसे भएका थियौ-पुर्व जनमुक्ती सेना नेपाल!

रमा बुढा मगर—=

बुटवल फागुन २, २०५२ सालमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी माओवादी ले गठन गरेको सैन्य संरचना अन्तर्गत को जनमुक्ती सेना नेपाल को रास्ट्रीय भेला हिजो फागुन १ गते बुटवलमा सम्पन्न भएको छ! भेलामा सहभागी पुर्व जनमुक्ती सेना का कमान्डर हरुले आफु हरुले सुप्रीमो मानेका प्रचन्ड ले आफू हरुलाइ लावारिस छोडेर हिडेको जिकिर गरे! हिजो जनमुक्ती सेना बनाएर हामिलाइ युद्द मोर्चामा बिजय या बिरगती पढाएर पठाउने हाम्रा सुप्रीमो प्रचन्ड आज आफू राजशी

जीवन शैली को जीवन बिताइ रहेका छन भने हामी देश र जनताको लागि लडेका जनमुक्ति सेना कोइ खाडिमा पसिना बगाइ रहेका छौ भने कोइ बालुवा चालेर जिबिकोपार्जन गर्ने अबश्थामा आइ पुगेका छौ जनमुक्ती सेना नेपाल का पुर्व कमान्डर दुर्गा चौधरी ( संतोष) ले राप्ती पहिचान सङ्ग को कुराकानीमा बताए!

अझ घाइते साथी हरु जो शारिरिक रुपमा अपाङ्ग हुनु भएको छ वहाँ हरुको अबश्था अझ दयनिय छ यस्तो अबश्थामा हामी पुग्दा सम्म प्रचन्डले कुनै सहयोग गरेनन हामी लाई वेवास्ता गरि रहेका छन चौधरी ले अगाडि भने! हामी लाई कासन गर्ने नेता हरु डेढ करोडको पजेरो गाडि चढेर हिडछन तर हामी ब्याटलको अग्रमोर्चामा जिउ ज्यान होमेका हरुको अबश्था दर्दनाक छ उनले अगाडि भने! हाम्रा सुप्रीमो प्रधानमन्त्री सम्म भइ सकेका छन तर उनी प्रधानमन्त्री हुँदा पनि हामी

जनमुक्ती सेना का घाइते हरुका लागि जिबन निर्वाह गर्ने कुनै किसिम को योजना नआउनु दुखद भएको उनले बताए! प्रधानमन्त्री के पि वली को सरकार ले पुर्व जनमुक्ती सेना का लागी जनमुक्ती सेना नेपाल फाउन्डेशन खडा गरेर हाम्रो संक्षण गर्ने काम सुरु गरेका ले अब उप्रान्त आफू हरु प्रधानमन्त्री सङ्ग सङ्गै अगाडि बढ्ने निर्णयमा पुगेका छौँ उनले अगाडि भने!

अब हामी हरु प्रधानमन्त्री लाई हिजो का हाम्रा सुप्रीमो प्रचन्डलाई जस्तै साथ समर्थन दिन तयार भएर यहाँ सम्म आएका हौं उनले अगाडि भने! लुम्बिनी प्रादेशिक अस्पत्ताल मा पुर्व जनमुक्ती सेना का लागि निशुल्क उपचार को ब्यबश्था गरेको, २ लाख सम्म को स्वाश्थ्य बिमा निशुल्क ब्यबश्था गरीदिएकोमा लुम्बिनी प्रदेशका मुख्य्मन्त्री शंकर पोख्रेल लाई धन्यवाद भन्न चाहन्छु भेलामा सहभागी एक घाइते पुर्व जनमुक्ती सेना का बटालियन कमान्डर ले भने! झट्ट सुन्दा के पि ले आयोजना गरेको कार्यक्रममा कसरी जाने भन्ने लागेको थियो यहाँ आएर बुझ्दा हाम्रै लागि हामी लाई बोलाइएको रहिछ पुर्व प्लाटुन कमान्डर शान्ता बाँठा सलिना ले हामिलाइ बताइन!

प्रतिक्रिया