९ वर्षिय नाबालक भन्छन आमाको किरिया बसेको छु घरमा खाने छैन!

रमा बुढा मगर—–

तुलसिपुर माघ २३, बा ले आँखा देख्नु हुन्न आमा मरी जानू भो! आमाको किरिया बसेको छु घरमा खाने चामल छैन! राप्ति पहिचान डटकम सङ्गको कुराकानीमा उनले भने! यस्तो हारगुहार गर्नेमा ९ वर्षिय नाबालक हुन सुमन वि क! उनको तुलसिपुर ३ राम्री भन्ने ठाउमा खरले छाएको झुपडी छ! सुमन विक का आमा को माघ २१ गते लो प्रेसर का कारण मृत्यु भएको हो! बालक का बाबू जोख बहादुर विक ले आँखा देख्दैनन! राप्ती पहिचान सङ्ग कुरा गर्दै सुमन ले भने जस जस ले सहयोग गर्न चाहनु हुन्छ त्यो हिसाब लेखेर राख्नुस म ठूलो भए पछी कमाएर फिर्ता गर्छु! आमाको किरिया बाट उत्रीने खर्च पनि छैन कसरी उम्कने होला? मलिन अनुहार लगाएर बालक ले भने! राप्ती पहिचान डटकम को यो अंकले दानविर दाता हरुलाइ सुमन विक लाई सक्दो सहयोग गरि दिन अनुरोध प्रकाशन गरेको छ! सहयोग गर्न चाहने दानविर का लागि सम्पर्क नं 9868206596 पनि उपल्ब्ध गराएको छ!

प्रतिक्रिया