दाङको तुलसीपुर स्थित घोराही रोडमा रहेको विद्युत प्राधिकरण नजिकै एक जना मृत फेला परेका छन् ।तलसीपुर उपमहागनरपालिका–६ गाइडर निबासी ५० बर्षका विष्णु चौधरी आज बिहान साढे ६ बजे मृत अवस्था फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।तुलसीपुर बजारमा दैनिक ज्यालादारी काम गर्दै आएका चौधरी बिहान सडकमा मृत अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी सिंहले बताउनुभयो ।
