तुलसिपुर, २१- माघ।

दाङको तुलसीपुर स्थित घोराही रोडमा रहेको विद्युत प्राधिकरण नजिकै एक जना मृत फेला परेका छन् ।तलसीपुर उपमहागनरपालिका–६ गाइडर निबासी ५० बर्षका विष्णु चौधरी आज बिहान साढे ६ बजे मृत अवस्था फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।

तुलसीपुर बजारमा दैनिक ज्यालादारी काम गर्दै आएका चौधरी बिहान सडकमा मृत अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी सिंहले बताउनुभयो ।

प्रतिक्रिया